लक्ष्मण 'मिलन' विष्ट

8
Jan

गजल

घाट लाउन अविर चन्दन, किने बेला नरोए है...!!
त्यो दैवले हाम्रो खुशी, छिने बेला नरोए है..!!

प्रवासमा छु कति बेला, के हुन्छ थाहा हुन्न..
मृत शरिर बाँस माथि, लिने बेला नरोए है..!!

चक्नाचुर चुरा होलान्, तिम्रो शिउदो पुछीएला..
मलामीको लहर पछी, हिने बेला नरोए है..!!

श्रदान्जलि दिन पुग्नु, सानो बावु काख्मा च्यापी..
आफन्तले मेरो चिहान्, चिने बेला नरोए है..!! विस्तृतमा पढ्नुस् »

Syndicate content