लोकबहादुर मावो

5
Oct

ठूलो मान्छे बन्नु....

***-गजल-***

भागयमानी हुनु,ठूलो मान्छे बन्नु
आकासको जून छुनु,ठूलो मान्छे बन्नु।

सबैलाई हँसाउनु सबै संग हास्नु
अरु रुदा खेरि रुनु,ठूलो मान्छे बन्नु।

समाजका कुरीतिहरु समाजका मैला हुन्
त्यसलाई तिम्ले धुनु,ठूलो मान्छे बन्नु।

देशै-देशले भिजेको देश बोल्ने गितहरु
गाउनु सँधै गुनु-गुनु,ठूलो मान्छे बन्नु।

गरीबका भाग्य जस्तै रित्तो भाँडाबोटुकामा
अमृत बनि चुनु ,ठूलो मान्छे बन्नु।।

Syndicate content