खुल्ला छ दिल मेरो,माया लिएर आऊ ।
फाटेको मन भए, आजै सिएर आऊ ।
नगर्नु गल्ति गर्यौ ,सक्दिन तिम्रो हुन
कसरी भनु प्रिय, चोट दिएर आऊ ।
हेर्न चाहन्छ्यौ किन,मेरो पागलपन
भन्छ्यौ रे अझै पनि, नशा पिएर आऊ ।
विक्रम नेपाली{पवन}
बेथान -४ रामेछाप
हातै दिएनौ
साथै दिएनौ
रुज्दा जवानी
छातै दिएनौ
भोको छ पेट
भातै दिएनौ
चढ्दा डोलीमा
थाहै दिएनौ
विक्रम नेपाली (पवन)
बेथान ४ रामेछाप
दुश्मन सोचि साहासी मान्छे खेदिन्न हजुर
गन्तब्य अझै लामो छ धेरै भेटिन्न हजुर ।
सोध्छौ किन आफन्त मेरो के भन्न सकिन्छ
मान्छेको मन तस्विर जस्तै देखिन्न हजुर ।
समय थोरै बाटो छ धेरै बाँच्नु छ अझै म
काँडाले बाटो छेकेता पनि छेकिन्न हजुर ।
विगत बोल्छ मान्छेको माया लुटेर लगेको
सकिन्न भन्न के हुन्छ भोलि फेरिन्न हजुर ।
विक्रम नेपाली (पवन)
बेथान ४ रामेछाप
गजल
पैसा भन्ने चिज कस्तो
नाता तोड्ने रित कस्तो
पैसा संग माया साँट्ने
निष्ठुरीको दिल कस्तो
आज लायो भलि छैन
अभागी यो प्रित कस्तो
पवनको वेग संगै
बज्न सक्ने गीत कस्तो
विक्रम नेपाली(पवन)
बेथान ४ रामेछाप
प्रतिकृयाहरु
20 hours 29 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 47 min ago
3 days 4 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 7 hours ago