विज्ञान रिमाल

26
Sep

गजल

भो भयो यस्तै रहेछ सपना अब देख्नै छाडीदिन्छु
तिम्रो नाममा यस्ता गजल अब लेख्नै छाडीदिन्छु

पर्खाईमा तिम्रो यहाँ धेरै ढुकें गल्ली चोक
ति बिराना बाटाहरु अब छेक्नै छाडीदिन्छु

घण्टौं सम्म कुरेका ति सुगन्धका वागहरु
सत्य-सत्य तिम्रो कसम अब टेक्नै छाडीदिन्छु

एक चोट हैन तिम्ले हजार चोट छाडीगयौ
पल-पलका यि घाउहरु अब सेक्नै छाडीदिन्छु

विज्ञान रिमाल

Syndicate content