
थिएन जिउन मुस्किल, जव खास तिमी थियौ
आज्ञा,अनुमति र जिन्दगीकै, पास तिमी थियौ ।
आत्मग्लानी सिवाय विकल्प, थिएन त्यै बेला
मेरो हरसपना साकार हुने, आस तिमी थियौ ।
चरित्रमै दाग लाग्छ न गर त्यस्तो, भन्दा मानिनउ
तोडेउ धैर्यताको सिमा मायामा, दास तिमी थियौ ।
सबले भन्न त भन्थे, भोक मिठो कि भोजन मिठो
यो सब बुझ्नै सकिन, अन्तिम सास तिमी थियौ ।
तिम्रै लागी मृत्यु संग लड्दै, आधा जिवन गयो विस्तृतमा पढ्नुस् »

बाली भित्र्याउने बेला, माना मुरीका के कुरा ।
माघे संक्रान्तिमा खाएका, सेल पूरीका के कुरा ।।
तिमी संगै बिताउने रातको, पर्खाईमा बिलीन छुँ ।
आज फेरी फोनमै गफ गर्दाको, दुरीका के कुरा ।।
बसन्त ऋतुको घुर्की नलगाउ, त्यो मिथ्या हुनेछ ।
बगिराछु साउने भेलझै तुफान, हुरीका के कुरा ।।
छैन जिउन सजिलो छाक टार्न, मुस्किल छ यहाँ ।
केवल बाँच्न सिके पूग्छ, सुनकै धुरीका के कुरा ।। विस्तृतमा पढ्नुस् »

बाँच्न त बाँचेकै छु, केवल सास बाँकी छ ।
जिवन्त तिम्रै साथ, पाउने आस बाँकी छ ।।
हराईसके अब त सारा, ईच्छा आकांछा नै ।
जिउन पनि त्यही, ढीँडोको गास बाँकी छ ।।
बगैचाका फुलहरु त, उसै मालीका लागी ।
रहेन अरु बगैचामा, बस सुभास बाँकी छ ।।
किन गर्छेउ ब्यर्थै ठुला–ठुला, महलका कुरा ।
मसंग त मात्र झुपडीको, निवास बाँकी छ ।।
बाँच्नु न मर्नुको बिचमा,अन्योलमै छ जिवन । विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
20 hours 30 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 48 min ago
3 days 4 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 7 hours ago