शंकर

8
Jan

संविधान...

नेताहरू सबको यहाँ, गरि खाने ठाम भयो
संविधान त नेपालमा,कुन चरीको नाम भयो

दुई वर्ष भित्र मानै ,संविधान दिन्छौ भन्ने हरु
चार वर्ष पुक्दा मात्रै, सरकार फेर्ने काम भयो
संविधान त नेपालमा, कुन चरीको नाम भयो

सानो देश धेरै पाटि, सभासदै छ सय एक
संविधानको धारा भन्दा, सभासद्कै लाम भयो
संविधान त नेपालमा, कुन चरीको नाम भयो

संविधान सबै पाटि, आफ्नै अनुरुप खोज्दा कोर्न विस्तृतमा पढ्नुस् »

31
Dec

बिवस्ता

"बिवस्ता"

आँखा भरि तिम्रै तस्बिर, मुटु भरि व्यथा
तिम्रै यादमा कल्पि कल्पि,बाचिराछु यता ।।

छुट्न मन त काँहा थियो, तिमि बाट टाँडा
गरिबि नै बनिदियो, हामि बिचको काँडा ।।

गरिब देशका गरिब जनता, टार्नै गाह्रो मानो
सधैँ भरि चुहिरहने घरको, टाल्नै पर्ने छानो ।।

सधैँ भरि ताना तानि, देश चलाउने नेता
कस्ले आई बुझिदिने, गरिब हाम्रो कथा ।।

त्येसैले त छुट्नु पर्‍यो, देश छोडी मुग्लान विस्तृतमा पढ्नुस् »

19
Dec

"पिलाउदै जहर भन्छौ,मेरो निम्ति बाँचिदिनु"

गजल

"पिलाउदै जहर भन्छौ,मेरो निम्ति बाँचिदिनु"

आँखा भरि आँसु दिँदै,भन्छौ तिमि हाँसीदिनु
पिलाउदै जहर भन्छौ,मेरो निम्ति बाँचिदिनु

मुटु भित्र तिर रोपी ,बन्द गर्न खोज्दै धड्कन
भन्छौ फेरी सुम्सुम्यदै, मेरो लागि धड्किदिनु
पिलाउदै जहर भन्छौ,मेरो निम्ति बाँचिदिनु

बली राको दियो बाट ,झिक्छौ तेल तिमि आफैँ
भन्छौ फेरी सधैँ तिमि,मेरो खातिर बलिदिनु
पिलाउदै जहर भन्छौ,मेरो निम्ति बाँचिदिनु विस्तृतमा पढ्नुस् »

18
Dec

"आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु"

जवानिले पुर्ण प्रवेश ,तिमि भित्र पाको देख्छु !
आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !!

बात पनि त्यस्तै गर्छौँ ,काउकुति नै लाग्ने गरि
ओठ पनि वैंशले तिम्रो, रसिलो भाको देख्छु !
आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !!

हाँसो तिम्रो झनै यस्तो, नशालु ति आँखा पनि
लठारीदै सपनि मा तिमि सितै डुलेको देख्छु !
आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !! विस्तृतमा पढ्नुस् »

17
Dec

अन्तिम पत्र

लेख्दै छु है अन्तिम पत्र ,यो पत्र चै पढीदिनु
म मर्ने बेला बिन्ति, मेरो आगन टेकिदिनु !!

गए पछि सास मेरो ,अरु सितैई रोईदिनु
ओडी राको सल झिकि, मेरो मुख छोपिदिनु !!

घारो माथि राख्दा मलाई, पहिलो पत्र खोलीदिनु
खोलि व्याग सबै पत्र मेरो ,छाति माथि राखिदिनु !!

लादा मलाई घाटमा तिमि, मलामि बनि गईदिनु
चिता माथि राखि मलाई, तिमिलेनै जलाईदिनु !!

जल्नु भन्दा पहिला शरीर, मुटु मेरो निकालदिनु विस्तृतमा पढ्नुस् »

7
Jun

नसाभित्रै

नसाभित्रै रुमल्लिन्छु , डुबिरन्छु नसाभित्रै ,
स्वप्न सारा जलाएर , जलिरन्छु नसाभित्रै.

अनायासै भिडहरु भित्रै भये जस्तो लाग्छ,
लखेटेझै लाग्छ अनी भागीरन्छु नसाभित्रै।

न सोध्ने कोही छ, न सुन्ने कोही छन,
आँफै चिच्याउछु, आँफै सुनिरन्छु नसाभित्रै.

अतित सारा बगाएर बाडी यताइ आएजस्तो,
बच्न खोज्छु तर फेरी बगिरन्छु नसाभित्रै.

परेलीमै गाडीएको एउटा सानो कथा रैछ, विस्तृतमा पढ्नुस् »

Syndicate content