शीलत साहित्य

24
Apr

जूनको चर्चा चल्छ यहाँ अन्धकारमा परेपछि

जूनको चर्चा चल्छ यहाँ अन्धकारमा परेपछि
या त चर्चा चल्छ ज्योति धर्तीमा छरेपछि

बाँडी खा‌‌‍औ मिलि बसौ यी त भन्ने कुरा भए
भोको छ चर्चा चल्छ आफ्नो पेट भरेपछि

धारमाथि जीवन राखी डुङगा खियाउने
माझी दाईको चर्चा चल्छ, आफु नदी तरेपछि ।।

यहाँ यस्तै परिपाटी चलेको छ साथी
कृतित्व र व्यतित्वको चर्चा चल्छ मरेपछि ।।

भाषणका शब्भित्र राष्ट्रियता के जोगिन्थ्यो विस्तृतमा पढ्नुस् »

24
Apr

आजभोली गजल पनि लेख्दैनस रे किन ?

आजभोली गजल पनि लेख्दैनस रे किन ?
नारी भने घृणा लाग्छ ? हर्दैनस रे किन ?

पागल भा' छस एकान्तमा हिडिरा'को देख्छु ?
प्रेमिका त यतै पो छिन भेट्दैनस रे किन ?

हिजो आँउदा सँगै आउथ्यौ दोबाटोमा पर्खी ?
आजकाल प्रेमिकालाई छेक्दैनस रे किन ?

ठाउँ छेन मन खोजी कुरा गर्ने अचेल ? विस्तृतमा पढ्नुस् »

24
Apr

दोबाटोमै छुट्टदा रै'छन प्रेम नाटकहरु गर्नेहरु

दोबाटोमै छुट्टदा रै'छन प्रेम नाटकहरु गर्नेहरु
व्यर्थै हुदाँ रै' छन धेरै डेरा सर्नेहरु

आँखा छोपी हिड्नु पर्ने उसले नाशङगै हिडेपछि
छलि कसुर गर्दा रैछन पाप गरी तर्नेहरु ।।।

अर्को तर्फ मोडनुपर्ने उस्ले बाटो छाडेपछि
घुम्तिपारी छल्दा रैछन मुन्टो लुकाई झर्नेहरु ।। विस्तृतमा पढ्नुस् »

24
Apr

सिपालु रैछेउ

भुलाएर दुनियालाई छोड्न सिपालु रैछेउ ।
खाएर वाचा कसम तोडन सिपालु रैछेउ ।

विश्वास गरे तिमिलाई माया भनी मैले
विश्वासलाई सिसा बनाई फोडन सिपालु रैछेउ ।
खाएर वाचा कसम....

एक सुर माया गरे मैले
मायालाई गाडी सरी मोडन सिपालु रैछेउ ।
खाएर वाचाकसम तोडन सिपालु रैछेउ ।

तिम्रो जीवनमा मायाको वर्षा गराउँछु भन्थ्यौ
तर, वसन्तको आगमनमा पनि
शिशिर सरी तडपाउन सिपालु रैछेउ ।
खाएर वाचा कसम....... विस्तृतमा पढ्नुस् »

24
Apr

हिटलरभन्दा छाती रै'छौ

तिम्रो बानी थाहा पाए हिटलरभन्दा छाती रै'छौ
मनमा मैलो थति रै'छ सुरुवाल भनदा काती रै'छौ ।

तिम्रो बानी दुई जिब्रे पर्खाईमा बाधा पार्ने
झुत्रोलाई कोल्टे फर्की सम्पन्तालाई जाती रै' छौ ।।
तिम्रो बानी थाहा पाए........

तिम्रो बाटो कुर्नेहरु ढोडसरी सुकी गए
कीरासँग नजिकिन आफै जल्ने बात्ती रै'छौ ।।।
तिम्रो बानी थाहा पाए.........

पछिल्तिर विरालो छौ, अघिल्तिर साधु विस्तृतमा पढ्नुस् »

Syndicate content