सन्तोष काफ्ले

22
Aug

गजल

मान्छेभित्र मान्छे हुन्छ चोट नदेउ
अति भएपछि रुन्छ चोट नदेउ

सक्छौ भने फूल बन पथर संग
अलकत्र तेलले धुन्छ चोट नदेउ

नहेप आँशु सगर बनेर घेर्छ
सियोले झोला बुन्छ चोट नदेउ

तताउ त आगोले खोला नालालाई
उर्लेर सगर छुन्छ चोट नदेउ

अब चाहीदैन कान थापेको वोली
मनले हेरेर सुन्छ चोट नदेउ

सन्तोष काफ्ले "स्पन्दन"
ने. रा. ग.प्र. जिल्ला शाखा स्याङ्गजा

Syndicate content