सरोज गिरी

9
Aug

मरे पछी देउता भएँ ...

मरे पछी देउता भएँ ,चिता माथी पुज्यौ आज,
जुनी भरी कुरें तिम्लाई,धेरै ढिलो बुझ्यौ आज,

कति रोएँ बलेशी झैं आँशु झारी तिम्रो सामू,
सुकेपछि गहको मूल कोमल हात्ले पुछ्यौ आज,
मरे पछी देउता भएँ ,चिता माथी पुज्यौ आज,
जुनी भरी कुरें तिम्लाई,धेरै ढिलो बुझ्यौ आज,

भनी राख्थें तिम्रो बाहेक अरुको म हुन्न कहिले,
कालले चुँडी लगेपछि आफ्नो भनी लुछ्यौ आज,
मरे पछी देउता भएँ ,चिता माथी पुज्यौ आज, विस्तृतमा पढ्नुस् »

9
Aug

गजल

मलाई पर्दा मेरो भन्ने कोहि हुन्न रैछन ,
आँशु झर्दा आफै सँग कोहि रुन्न रैछन ,

हासी खुशी छाती माथी बस्न धेरै आए,
चोट पर्दा फेरी यो दिल कोहि छुन्न रैछन,

कठोर भई झरी पनि कहिले रुझाउँछ,
दाग लाग्दा हृदयमा कोहि धुन्न रैछन,
मलाई पर्दा मेरो भन्ने कोहि हुन्न रैछन ,
आँशु झर्दा आफै सँग कोहि रुन्न रैछन !!!

२०६७/१२/२०
नर्भिक हस्पिटल !!

Syndicate content