गज़ल
मनमा लिए उसको नाम बिस्तारै बिस्तारै
हुँदै गयो मेरो काम बिस्तारै बिस्तारै
कालो केश उडी आयो गोरो गोरो गालामा
बादलुले छेक्यो घाम बिस्तारै बिस्तारै
यहि गज़ल सर्वर को ता सुन्नलाई आएथे
साथि अब घर जाम बिस्तारै बिस्तारै
गज़ल
के होला मेरो मनको हाल आजको रात
त्यो रुप र मादकता को चाल आजको रात
मन रूपी परेवा जो संधै उड्थ्यो खुला
मायालु ले बिछ्यायो जाल आज को रात
त्यस मुखको ता उज्यालो हो बैसाखको दिन
त्यस माथि यति कालो कपाल आजको रात
दिन रात यति हिंसा कि मन भन्छ संधै
बस शान्त रहोस मेरो नेपाल आजको रात
फेरी सर्वर ले पिए प्रेमको मदिरा कति
कि यति बह्केको छ उनको चाल आज को रात
गज़ल
के होला मेरो मनको हाल आजको रात
त्यो रुप र मादकता को चाल आजको रात
मन रूपी परेवा जो संधै उड्थ्यो खुला
मायालु ले बिछ्यायो जाल आज को रात
त्यस मुखको ता उज्यालो हो बैसाखको दिन
त्यस माथि यति कालो कपाल आजको रात
दिन रात यति हिंसा कि मन भन्छ संधै
बस शान्त रहोस मेरो नेपाल आजको रात
फेरी सर्वर ले पिए प्रेमको मदिरा कति
कि यति बह्केको छ उनको चाल आज को रात
गज़ल
सानैदेखि लाएको माया तिमीले किन मार्यो भन
दुनियासंग जीतेपनि कसै हिम्मत हार्यो भन
मेरो मनको हाँगा माफुल्ने ती फूल तिम्रै नासो थिए
'यस डालीको थुँगा टिपी कुन डालीमा सार्यो भन'
तिम्रो एक झझल्को बाट सधैं आँखा टल्कि रहन्थे
यस दीपकको ज्योतिलाई कुन टुकीमा सार्यो भन
संगै हिड्ने गोरेटोमा आज एक्लै हिड्नु परेछ
बिच बाटोमा किन छाडी अप्ठ्यारोमा पार्यो भन विस्तृतमा पढ्नुस् »
सर्वर नेपालीको गज़ल
निर्मोहीको धोकाभित्र फसी हेर कस्तो हुन्छ
आकाशबाट धरतीमाथि खसी हेर कस्तो हुन्छ
छोराहरु त ठुलाभये बुढीसंग विदेश गए
बुढो आमा बुबा जस्तो बसी हेर कस्तो हुन्छ
अर्कालाई भन्दै हिंड्ने कति वोटा गल्ति गर्यो
साथी आफ्नो अन्तर्मनमा पसी हेर कस्तो हुन्छ
बाहिरबाट खोक्रो कुरा महलवाला गरि रहे
अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ विस्तृतमा पढ्नुस् »
बित्यो कस्तै महिना दिन साल थाहा पाउँ
मा बेगर त्यो जिन्दगीको हाल थाहा पाउँ
आँखाबाट सुनकोशी बग्छ सलला..
'मुटुभित्र उर्लिएको छाल थाहा पाउँ'
संगै हुँदा मस्की हिंड्ने बानि थियो तिम्रो
अब कस्तो रैछ तिम्रो चाल थाहा पाउँ
बिहे भए पछि बल्ल सोध्नै पर्ने भयो
के भाउ छ पीठो चामल दाल थाहा पाउँ
धोकै धोका खाए पछि बल्ल सोचे आज
आयो कस्तो बैमानी यो काल थाहा पाउँ विस्तृतमा पढ्नुस् »
गज़ल
सानैदेखि लाएको माया तिमीले किन मार्यो भन
दुनियासंग जीतेपनि कसै हिम्मत हार्यो भन
मेरो मनको हाँगा माफुल्ने ती फूल तिम्रै नासो थिए
'यस डालीको थुँगा टिपी कुन डालीमा सार्यो भन'
तिम्रो एक झझल्को बाट सधैं आँखा टल्कि रहन्थे
यस दीपकको ज्योतिलाई कुन टुकीमा सार्यो भन
संगै हिड्ने गोरेटोमा आज एक्लै हिड्नु परेछ
बिच बाटोमा किन छाडी अप्ठ्यारोमा पार्यो भन विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
20 hours 41 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 58 min ago
3 days 4 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 7 hours ago