सागर पौडेल

25
Apr

हाहाकार

प्रेममा फसी जीवन आर न पार भाको छ
खुशी चैनको आज हाहाकार भाको छ

चियो गर्ने खिसी गर्ने यो दुनियाँलाई
मेरो पिडा ताजा समाचार भाको छ

एक्लो यात्रा के यात्रा निरश अनी उराठ
आफ्नै जीवन आँफैलाई भार भाको छ

हात समाइ एकदुइ दिन रूवाइ गइन उनी
मरेतुल्य जीवन लम्पसार भाको छ

डामाडोल भद्रगोल लथालिङ्ग जीवन मेरो
रमिता छ सबलाई हाट बजार भाको छ

त्यो दुनियाँ मलाई छाडि गईन जहाँ उनी विस्तृतमा पढ्नुस् »

16
Apr

समयले ठुलो किन बनाइदियो ??? कविता

कागजको डुंगा खेल्दा पनि कती खुशी हुन्थें
आज यात्राको ओहोरदोहरबाट दिक्क लाग्दैछ
घर टाढा घुम्न जान कती जिद्दी गर्थें
आज घर सम्झेर मुटु पाक्दैछ

खोलाको तिरमा बालुवाको घर भात्किंदा कती रुन्थें
आज दुनियाँको घर जल्दा मलाई दु:ख छैन
मागेर खाको lacto chocolate कती मीठो लाग्थ्यो
आज पैसा टन्नैछ तर सुख छैन

ईच्छा पूरा नहुँदा लडिबुडी गर्थें
आज प्रयास बिफल हुन्छ रुनै सक्दिन विस्तृतमा पढ्नुस् »

11
Apr

जिन्दगी

सुख दु:ख सँगसङ्गै रुइयो जिन्दगी
थोपा थोपा तप्प तप्प चुइयो जिन्दगी

समयको तरबारले रेटिरेटी लाग्यो
फर्केन बालापन कुइयो जिन्दगी

भविष्यका सङ्कल्प र सपना बुन्दै जांदा
छिन्यो डोरी मर्यो जोश तुइयो जिन्दगी

एकतर्फी सडकको पट्यारलाग्दो यात्रा
कती थरी हातहरु छुइयो जिन्दगी

चोट पीडा साथी भए जिउन जानिएन
आशुले नै यो चोला धुइयो

8
Apr

स्वोयम्भु रोइरा'छ

पश्चिमी संस्क्रितीले देशलाई खा'छ आज
स्वोयम्भुका दुइटै आँखा रोइरा'छ आज

योग्य व्यक्ती लाचार थकित फाइल बोकी बोकी
अनपढ बोलक्कड्ले सत्ता पा'छ आज

गंगालालको त्याग सम्झने छैनन कोही यहाँ
सडकछाप गुण्डा पनि शहीद भा'छ आज

शन्ती सुरक्षा गरीबीको व्यथा सधैं उस्तै
बलिया कर्मठ पाखुरा जती विदेश गा'छ आज

रिती रिवाज परम्परा एकादेशको कथा भयो
सन्दुक भित्र दौरा सुरुवाल मुसाले ला'छ आज विस्तृतमा पढ्नुस् »

8
Apr

स्वोयम्भु रोइरा'छ

पश्चिमी संस्क्रितीले देशलाई खा'छ आज
स्वोयम्भुका दुइटै आँखा रोइरा'छ आज

योग्य व्यक्ती लाचार थकित फाइल बोकी बोकी
अनपढ बोलक्कड्ले सत्ता पा'छ आज

गंगालालको त्याग सम्झने छैनन कोही यहाँ
सडकछाप गुण्डा पनि शहीद भा'छ आज

शन्ती सुरक्षा गरीबीको व्यथा सधैं उस्तै
बलिया कर्मठ पाखुरा जती विदेश गा'छ आज

रिती रिवाज परम्परा एकादेशको कथा भयो
सन्दुक भित्र दौरा सुरुवाल मुसाले ला'छ आज विस्तृतमा पढ्नुस् »

2
Apr

हाहाकार

प्रेममा फसी जीवन आर न पार भाको छ
खुशी चैनको आज हाहाकार भाको छ

चियो गर्ने खिसी गर्ने यो दुनियाँलाई
मेरो पिडा ताजा समाचार भाको छ

एक्लो यात्रा के यात्रा निरश अनी उराठ
आफ्नै जीवन आँफैलाई भार भाको छ

हात समाइ एकदुइ दिन रूवाइ गइन उनी
मरेतुल्य जीवन लम्पसार भाको छ

डामाडोल भद्रगोल लथालिङ्ग जीवन मेरो
रमिता छ सबलाई हाट बजार भाको छ

त्यो दुनियाँ मलाई छाडि गईन जहाँ उनी विस्तृतमा पढ्नुस् »

30
Dec

भद्रगोल

भद्रगोल

मान्छेको गूदी फरक , फरक खोल छ देशमा
जता हेर्यो उतैतिर , भद्रगोल छ देशमा

मान्छे मार्नु पात झार्नु उस्तै उस्तै भाछ
हत्याराको अट्टाहस , टोल टोल छ देशमा

शहीदका सपना र वीर पुर्खाले धिक्कार्दैछ
इर्ष्या डाह शत्रुताले सबलाई पोल छ देशमा

सोझा साझा कानुन मुनी दु:ख तिनको भागमा
अपराधी खुल्लेआम चर्को बोल्छ देशमा

इमान्दार र सदाचारी मान्छे सधैं पीडित विस्तृतमा पढ्नुस् »

8
Dec

झोक नचलाऊ

होलसेलमा देउ मुटु थोक नचलाऊ
टुक्राटुक्रा माया दिई , झोक नचलाऊ

थोरै पाउंदा अघाउदिन छट्पटिन्छु म
पागल हुन्छु मायाको , भोक नचलाऊ

कि नाता जोड कि साथ छोड
दोधारमा अड्काएर , लोक नचलाऊ

तिम्रो पूर्ण मायाको प्यासी छ यो मुटु
उपहारमा फूल फ्रूटी , कोक नचलाऊ

स्पस्ट हुन्छ हुन्न जवाफ दिंदै जाउ
यो अनौठो ज्यानमारा , रोग नचलाऊ

Syndicate content