सागर पौडेल (d xtra)

14
Apr

भाग्य खराब भईरह्यो

- गजल

प्रेम रोग भयो दबाइ सराब भैरह्यो
हरघडी भाग्य मेरो खराब भैरह्यो

जुन कुरा प्राप्त गर्न मरीमेंटे म
जिन्दगीमा त्यही कुराको अभाव भैरह्यो

प्रेम छरी खुशी भर्न बल गरिरहें
तर सधैं दु:ख पीरको दबाब भैरह्यो

मुस्कानको खोल ओडी चोट दिने सँग
पागलपन हो जान्दाजान्दै लगाब भैरह्यो विस्तृतमा पढ्नुस् »

27
Jan

हाहाकार

प्रेममा फसी जीवन आर न पार भाको छ
खुशी चैनको आज हाहाकार भाको छ

चियो गर्ने खिसी गर्ने यो दुनियाँलाई
मेरो पिडा ताजा समाचार भाको छ

एक्लो यात्रा के यात्रा निरश अनी उराठ
आफ्नै जीवन आँफैलाई भार भाको छ

हात समाइ एकदुइ दिन रूवाइ गइन उनी
मरेतुल्य जीवन लम्पसार भाको छ

डामाडोल भद्रगोल लथालिङ्ग जीवन मेरो
रमिता छ सबलाई हाट बजार भाको छ

त्यो दुनियाँ मलाई छाडि गईन जहाँ उनी विस्तृतमा पढ्नुस् »

1
Nov

जिन्दगी

सुख दु:ख संगसंगै , रुइयो जिन्दगी
थोपाथोपा तप्प तप्प , चुइयो जिन्दगी

समयको तरबारले , रेटी रेटी लग्यो
फर्केन बालापान , कुइयो जिन्दगी

भबिष्यका संकल्प र , सपना बुन्दै जांदा
छिन्यो डोरी मर्यो जोश , तुइयो जिन्दगी

एकतर्फी सडकको पट्यार लाग्दो यात्रा
कती थरी हातहरु , छुइयो जिन्दगी

चोट पीडा साथी भए , जिउन जानिएन
आसुँले नै यो चोला , धुइयो जिन्दगी

12
Oct

मेरो रहर

मेरो रहर

मेरो गाउँलाई थाहा होला , तिम्रो शहरलाई थाहा होला
म कती रोएकोछु , मेरो रहरलाई थाहा होला

तिमी उता हांसीरहंदा , रमाइरहंदा मजाले
म कती तड्पिएं , पिएको जहरलाई थाहा होला

सपना देख्ने आँखाहरु , टोलाईरहन्छन अचेल
साँझमा डुल्ने खोलको तीर , अनी नहरलाई थाहा होला

तिम्रो माया तिम्रो प्रेम , कहाँ हरायो कहाँ
वाचा कसम उडाइलाने , पवनको लहरलाई थाहा होला

जीवन त ढलिसक्यो , सास मात्र बांकी छ
जीवनको तिक्तता त , मृत्‍युको ठहरलाई थाहा होला

२०६८/५/१३ मा दोलखामा रचित .............

Syndicate content