सुजेश

8
Apr

गजल

मर्मत गरि, बिग्रेका साधनहरु चलाएर हेर ।
किन बन्दैन देश, माटोमा सुन फलाएर हेर ।

नछोड अब ती बिसंगतिका माकुराजालहरु
ज्ञान-दियोको आडले छेउटुप्पो जलाएर हेर ।

सामन्तीका भेदभाव, छलकपट नसहनु अब
निर्धा चुसी ठड्याईएका महल ढलाएर हेर ।

काँधमा काँध हाल्न तयार छन् सारा नेपालीहरु
देश विकासको आव्हानमा तिमी बोलाएर हेर ।

Syndicate content