सुजेश श्रेष्ठ

8
Apr

गजल

मुसुक्क हाँसी एकफेर बोले'नि हुन्थ्यो नि,
मनका केही कुराहरु, खोले'नि हुन्थ्यो नि ।

बोल्न मन लागिहाल्छ, नरिसाउ न प्रिय,
रिसानी जति अगेनामै पोले'नि हुन्थ्यो नि ।

यस्सो तिम्लाई बोलाउँदा, तर्केर नहिंड न,
मीठो बोलीमा थोरै माया, घोले'नि हुन्थ्यो नि ।

किन मान्दिनौ प्रेयसी, साइनो जोड्नलाई,
मेरो मायामा थोरै आफ्नो, मोले'नि हुन्थ्यो नि ।

Syndicate content