सुदिप पौडेल (sudip_deep10@yahoo.com)

5
Jun

लोकतन्त्र को कोपिला नि कहिले फुल होला हजुर

लोकतन्त्र को कोपिला नि कहिले फुल होला हजुर
च्यातिएका छैनन् अझै निरङ्कुश का झोला हजुर
१२ वर्ष लड्नु लडे हजारौ काख रित्ता भए
जे भएनी सोझो मर्ने नेपाली को चोला हजुर
भाई भाइको घमासानमा सानो भाई मर्र्यो अरे
यस्तो खबर सुन्दा यहाँ कसको मन नरोला हजुर
जति बग्नु बगी सक्यो अब बन्द हुनु पर्छ
नेपाली र नेपालको रगतको खोला हजुर

Syndicate content