जूनसँग तिमीलाई माग्न सकिएन
हुन खोजे टाढा तर भाग्न सकिएन
ननीदाई पनि मान्छे देख्दो रैछ स्वप्न
भ्रम हो भन्दाभन्दै नि जाग्न सकिएन
मनमन्दिरमा बसे पनि तिम्ले बास
तिम्रो तस्विर छातीमा टाँग्न सकिएन
सयौँ पीडा सहेर नै बाँच्दो रैछ मान्छे
आफैंलाई आफैं गोली दाग्न सकिएन
ठडिएका छन् ग्रेटवाल झैं रीतिथिति
सामाजिक ती बन्धन नाघ्न सकिएन
मान्छेमान्छे उही भए पनि आत्मीयता भिन्न किन
दिएरै नै पनि सर्वस्व भनिरहन्छन् दिन्न किन
जहाँ लाग्छ चोटपटक त्यहीँ दुख्नु पर्ने होईन
बादल लाग्छ आकाशमा धर्ती हुन्छ खिन्न किन
भिन्न चिजको अस्तित्व भिन्न हुन्छ भन्छन् सबै
मन अनि मस्तिष्क छुट्टै भए पनि अभिन्न किन
गर्नुहुन्न पानीमा बसीकन माछासँग दुश्मनी
सापट लिई ज्योति,बल्ने जून भन्छ लिन्न किन विस्तृतमा पढ्नुस् »
सारालाई देखे पनि तारालाई नै हेरुँ लाग्छ किन
दिलको पत्रमा उनैलाई गुटुमुटु बेरूँ लाग्छ किन
नजिक भए प्रियजन नै सबै छाउँदो रैछ खुशी
टाढिएर नजाऊन् भन्दै चार किल्ला घेरूँ लाग्छ किन
सबै हुन्नन् सजाउनलाई योग्य मनको मझेरीमा
उन्कै नाम स्वर्णाक्षरमा लेखी अरु केरूँ लाग्छ किन
समयले थोत्र्याउँछ सबै कुरा जानुपर्छ बदली
परम्परा रीतिरिवाज सबैसबै फेरूँ लाग्छ किन
प्रतिकृयाहरु
20 hours 48 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 4 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 8 hours ago