सुबास वाइबा

9
Oct

गजल

गजल
सागर बिचमा दुबिएर तिम्रो माया चाखिसके
मनै मनले तिमीलाई मनै भित्र राखिसके

तिमी पनि आउन सानु यो मुटुको कुनामा
कती धाउनु मैले मात्र धाउदा धाउदा थाकिसके

हातमा पनि तिम्रो नाम रातमा पनि तिम्रै नाम
त्यती मात्र कहाँ होर देउतालाइनै भाकिसके

तिमीलाई पाउछु पाउन त्यो त मलाई थाहा छैन
तिम्रो माया पाउन चाँही बाटो खोजी लागिसके

Syndicate content