तिमी साथ छैनौ र त रुन मन लाग्छ,
साच्चैं मेरी भै'नौ र त रुन मन लाग्छ!!!
आकाशको जुन भए आँटै गर्ने थि'न,
तिमी जुन है'नौ र त रुन मन लाग्छ!!!
कि त साथै हुनु कि त डांड़ा काटी जानु,
तर टाढा गै'नौ र त रुन मन लाग्छ!!!
धोको थियो मेरो तिमि संगै बाच्ने मर्ने,
अब मेरी रे'नौ र त रुन मन लाग्छ!!!
लगे हुन्थ्यो बरु याद सबै पोको पारी,
आँसुहरु लै'नौ र त रुन मन लाग्छ!!! विस्तृतमा पढ्नुस् »
जवानीमा जोश हुन्छ कसो हो त मित्र?!
बियरमा पोश हुन्छ कसो हो त मित्र?!!
साथी भाई बसी लड़ाएसी दुई - चार,
आँसु पनि ठोश हुन्छ कसो हो त मित्र?!!
दुखमा पिएपनी खुसीमा लिएपनि,
पिरतीकै दोष हुन्छ कसो हो त मित्र?!!
गजल अनि बियर अहो! कस्तो मज्जा?
माते पनि होश हुन्छ कसो हो त मित्र?!!
अरुले त देख्छन घमाइलो जिन्दगि?
भित्र कतै ओश हुन्छ कसो हो त मित्र?!!
रंग र रशमा एकछिन भुले पनि, विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
20 hours 52 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 8 hours ago