किन आज यत्ति साह्रो, प्यास बढ्दै छ ?
तिम्रो सानो स्पर्शले, स्वास बढ्दै छ
प्यासी माछो समुन्द्रको,छेउ पुगेपछि
तृष्णा मेट्ने अब उस्मा,आस बढ्दै छ
ठण्डी पनि यति ठण्डी,पुष माघको हो
भित्रै बाट गर्मीको, आभास बढ्दै छ
जे जे हुने अध्यारोमै, हुने गरेको छ
आज के के हुने हो? त्रास बढ्दै छ
कत्तिन्जेल बगैचामा,पुग्दै फर्कने हो?
सूर्य लाई रस चुस्न، हतास बढ्दै छ
सूर्य चेमजोङ
प्रतिकृयाहरु
20 hours 53 min ago
1 day 5 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 8 hours ago