स्याङ्जा

5
Mar

माया

बर् पिपल्को छांया मुनि चौतारीको डिल्हो माया
फरक् यज्ञ कुण्ड भित्र होमिईने तिल्हो माया

काहाँ फुल्छ मायाको फुल बगैंचालाई सोधिहेर
काहाँ डुल्छ तेस्को सुवास् पवनलाई सोधिहेर
जात् भात् कुन्हो पिरतिको थर्थरलाई सोधिहेर
उन्मादिन्छ माया काहाँ रोधिघर्मा खोजि हेर

चोखो माया भन्दा सस्ता सुन अनि चाँदी याहाँ
निर्मलतामा पछि पर्छन् कालि र ति मादि याहाँ
तन होईन पवित्र मन साटा साट हुने याहाँ
तेहिनै हो माया प्रिति सदा अमर हुने याहाँ

17
Feb

आफ्नै देश

धनकमाउने आशामा घरपरिवर छोडेको छु
जिबन भन्ने के रहेछ,अज मैले भोगेको छु!!
रातदिनको काम यहाँ फुर्सद भन्ने कहिल्यै छैन
हाड मासुको शरिरलाई मेसिन नबनाइ भाको छैन!!!
सुनाउ भने कती सुनाउ यि दुखेसा कुराहरु
भोको पेट्मा बसेको बेस आफ्नै देशमा हामी बरु!!!!

16
Feb

मनको चौतारिमा

यो मनको चौतारिमा तिमीलाईनै राखेको छु
मेरो दिलको सरा भाग तिमीलाईनै साचेको छु

तिमीलाईनै पाउछु ठानी अहिले सम्म बाचेको छु
तिमीलाईनै सजाउने सुन्दर माला गासेको छु

सुन्दर माला गासेको छु !!!!!!!!!

16
Feb

निस्ठुरिलाई कामना

फुल सम्झे तिमीलाई,काडाबनी घोची दियौ
आफ्नो सम्झे तिमीलाई,दोबटोमा छोडियौ
पागल हुन्छु आज म आतितलाई सम्झिदा
बिछोड को त्यो घाउ यो मुटुमा बल्झिदा
रुहायर पनी यो मनलाई,लेखे यो भाबना
सफलताको सिखर चुम्नु यही मेरो कामना!!!

Syndicate content