स्याङ्जाली ठिटो सिर्जन तिमल्सिना

2
Oct

दशै

आफन्त'नि कोही छैन तिमी एक्लै हुन्छेउ'की सानु?
नरमाइलो हुँदा दशै एकान्तमा रुन्छेउकी सानु?

धन कमाउन परदेश आ'छु पराइको मुलुकमा
सम्झिएर मलाई तिमी आशुले मुख धुन्छेउ'की सानु?

रहर होइन बाध्यता हो छुट्टीएर बस्नुपर्ने
न्याउली सँगइ बिरहका गीतहरु गुन्छेउ'की सानु?

कुरा काट्ने धेरै हुन्छन बिगार्ननै खोज्छन यहाँ
लत्त्याएर मेरो माया पराइ कुरा सुन्छेउ'की सानु? विस्तृतमा पढ्नुस् »

Syndicate content