स्याङ्जाली रमेश

22
Dec

गजल

यो धर्तिमा साह्रै दु:ख म हुँ पा'को मान्छे हजुर
खाली खुट्टा थोत्रो भोटो मागी ला'को मान्छे हजुर

गरीबीले मेरो घरमा छाक टार्न गाह्रो हुदा
लेक बेसी मेलापात दैनिक धा'को मान्छे हजुर

कुहीएछ खरको छानो म बिना त आज भोलि
ढल्न लाको देउरालिमा घर भा'को मान्छे हजुर

सधैं बस्न हैन आको प्रबासमा म त अचेल्
आउदानै जानेभनी कसम् खा'को मान्छे हजुर

मरभुमिमा स्याङ्जालीको दर्द पूर्ण कथा छ नी विस्तृतमा पढ्नुस् »

23
Oct

गजल

प्रबासमा धेरै बसे अब मुक्ति पाउछु होला
माला उन्दै बस्नु बैनी टिकाकै दिन् आउछु होला

धेरै गए तिहारहरु खाली निधार रोएर नै
यो वर्ष त हाँसिखुसी भाइटिका लाउँछु होला

दह्रोगरी बाँधिराख्नु देउरालीमा लट्ठेपिङ
भन्दिए है दौँतरीलाई ! सँगै भैलो गाउँछु होला

चुहिने थ्यो घरको छानो डाँडाभाटा मक्किए हुन्
चिन्ता छैन तिहारपछि म आफैँ नै छाउँछु होला

स्याङ्जाली रमेश
स्थाइ घर अर्जुन् चौपारी स्याङ्जा विस्तृतमा पढ्नुस् »

2
Oct

गजल

जीवन देखि म त हारेको मान्छे
समयले चेपमा पारेको मान्छे

झुपडीमा ओत नपाएरै हो नी
सडक तिर बसाई सारेको मान्छे

बटुवाले झनै के लाउथे नजर
आफ्नाले नै माया मारेको मान्छे

हासो खुशी के हो चिनीन कैले
दु:खले हजुर खारेको मान्छे

कहाँ हुन्थ्यो स्वाप्ना देखेर मात्रै
भाग्यले नै हरे टारेको मान्छे

26
Sep

गजल

घरबारी बन्धकी भो सार्‍यो साहुले आफ्नै नाउँमा
फर्की जाउ यहाँ बाट टेक्ने ठाउ छैन गाउँमा

मेरै बाटो हेर्दै कती रुँदै होलीन मेरी आमा
म त यहाँ पर्देशमा धन कमाउने झुटो दाउमा

सम्झनामा भक्कानिदै एक्लै तड्पी के गर्नु र
झर्दा आँशु पुछिदिने छैन हजुर यो ठाउँमा

साईत सार्दा नआत्तिनु दुखीको दिन आउछ भन्थेउ
ब्याज माथी स्याज थपी पक्कै तिर्छु त्यो साउमा

एैले बर्खा जेनतेन अर्मपर्म चलाउनु विस्तृतमा पढ्नुस् »

12
Sep

गजल

के सक्छौ गर्न ? देखाउ गरी टुटेको छातीमा
जिएंको म त भाग्यले बांची चुटेको छातीमा

सकेको लग्यौ के हेर्छौ अब छोड्यौ नी पुगेर
रजाई मेरै हुन्छ नी अब छुटेको छातीमा

खुसीमा रम्ने भाग्यौ नी तिमी दर्दले सताई
मज्जाले जम्छु पिडांले म त भुटेको छातीमा

सुखमा भएँ दुख्थेनी म नी तड्पेर तिमी झै
बज्रनै हाने केही हुन्न एैले फुटेको छातीमा

अर्काको खुशी देखेर पैले गर्यौ नी शिकार विस्तृतमा पढ्नुस् »

Syndicate content