BED THAPA BEHOSHI

14
Jun

HAT SANAU AAFANTA KAI

“हात समाउ आफन्तकै”
बजारतिर नजाउ नानु, भुटीएउली कतै,
अष्मिताको च्यादर ओढाई, लुटीएउली कतै,

भन्छन तेता दिनलाई रात, बनाईन्छ अरे,
अन्धान्घीको घैंटो जस्तै, फुटीएउली कतै,

धनको पहीरो ठिकैहोला, बसन्तीको वास्ना,
लुछे चुँडेपछी फेरी, जुटीएउली कतै,

सम्झनाले सताउला, आँप्mनै गाउँधरको,
यसो मुख खोल्यौ कित, चुटीएउली कतै,

भन्छन नानु शहर बजार, पराईको घरहो,
हात समाउ आफन्तकै, छुटीएउली कतै । विस्तृतमा पढ्नुस् »

12
Jun

SUNLAI JOKHNE

“सुनलाई जोख्ने”
सुन जोख्ने गाउँघरमा रती कित मालतीले,
माया जोख्ने गाउँघरमा पति कित मालतीले,

गाउँघरको यो परम्परा ठिकै ठिकै लाग्छ तर,
नपाई नखाई मर्नुपर्छ सती कित मालतील,

बैंशको टुसा पलायोकि मर्द जुन बनिदिन्छ,
निचोर्दछन प्रितको रुमाल मती कित मालतीले,

उस्लाई उता सव्यसंधै पिर नपरोस भनि भनी,
धुन्छन पिपलबोट सभ्य वती कित मालतीले,

अकबरी सुनलाईकसी लाईन्ननी भन्छन याहाँ, विस्तृतमा पढ्नुस् »

8
Jun

WAASANAKO AADHAR

“वासनाको आधार”

प्रेमरुपी कैंचीको धार, वासनाको आधार,
न्युन कपडाको बार, वासनाको आधार,

डाँडामाथि घाम पुग्नासाथ, हाई अनि हेलो,
टेलिफोनको तार बेतार, वासनाको आधार,

नानाथरी खानपिनसंगै, डिस्को नाचेपछी,
ठाडै जिलाईने झार, वासनाको आधार,

मिनेट भरमैं बदलिन्छन, सारा रुप रङ्ग,
यस्तै फेशनको सार, वासनाको आधार,

हिमालचढे हिमालतेरो, भनिदन्छन कोही,
लालसाको भर मार, वासनाको आधार । विस्तृतमा पढ्नुस् »

5
Jun

USHA KO PARKHAI MA

“उषाको पखाईमा”
अविच्छिन्न अविरल बगीरैछ रात किन ?
आउँदैन उषा किन क्षणभरको साथ दिन ?

चम्किलोछ हिमाल यता स्वच्छ निलो ताल तर,
स्वार्थी मन मष्तिस्कका फोहोरी ति हाथ किन ?

फेरीएर आउँछन भन्थे दिन, महीना साल याहाँ,
नेपाली मन रुन्छ सँधै फेरीदैनन बात किन ?

लम्बिनेपो होकी रात हराउँछकि उषा याहाँ,
फर्फराउँछन अपशगुनि परेलीका पात किन ?

गाउन्नकी कोईलीले नेपाली मन बुझ्ने गित, विस्तृतमा पढ्नुस् »

31
May

SANCHO PRITLAI PARIBHASA

“सांचो प्रितलाई परिभाषा”
प्रित फाटेर धुजाभयो भन माया टाल्ने केले हो?
तेलबिनाको बातीमात्र मन्को दियो बाल्ने केले हो?

साँचो प्रितलार्इृ परिभाषा चाहिंदैन तरपनि,
बिश्वास अबिश्वासको पर्खाल ढाल्ने केले हो,

काँढासरी बन्दैगयो फुल जस्तो हाम्रो माया,
फुल जोगाउँदै काँढाको झ्याङ फाल्ने केले हो?

जतिसुकै कसम अनि जति माया लाएपनि,
अपुग त्यो थाहाभैन मन्को नौनी केले गाल्ने हो? विस्तृतमा पढ्नुस् »

29
May

MAYALU RA MERO BICHKO

“मायालु र मेरो बिचको”
मायालु र मेरो बिचको आन्दोलन जारी अझै,
झोलुङ्गे त्यो तरीन माया मंत यता वारी अझै,

सल्बलाउँथे हात दुबैका सिस्नुघारी फांड्नपरे,
अ‍ैले माया महलमा यतामेरो खर छाहारी अझै,

लाउनु खानु पर तर सन्तुष्टीको राग थियो,
लिलाम गरी सात समुन्द्र दिईन तारी अझै,

सपनाकी राजकुमारी बिपनाकी रानी सबकी,
भुईको धुलो बिर्सिन उड्छिन बादलपारी अझै,

मिलन बिछोड बिर्सौ भन्छु याद तगारोमा, विस्तृतमा पढ्नुस् »

26
May

SAHANU LE SIMA NAGHLA?

“सहनुले सीमा नाघ्ला”

सहनुले सीमा नाघ्ला आकाशनै चर्काईएला,
समुन्द्रको पिंधै समेत यता उता सर्काईएला,

ठानेका छौ अल्पमती जनतालाई पशु अभैm,
तिम्रो चिहान सिंहदर्वार जरैपाई घकाईएला,

राजनितीको “र” नबुझी नेता बन्यौ याहाँ,
तिम्लाई गाड्ने मलामीको ताँती लर्काईएला,

यो देश जाओस जतासुकै तिम्लाई कुर्ची प्यारो,
तेही कुर्चीमा पाता फर्काई ढाड मर्काईएला,

सबैकुरा तिम्रो मात्र चल्छ भन्नु छैन, विस्तृतमा पढ्नुस् »

21
May

NEPALI KO BHAGYA

नेपालीको भाग्य सधैं कालो किन साथी?
आङलाई भारी झुत्रिएको टालो किन साथी?

तेही टालो ओछ्याएर भिख माग्न हुन्थ्यो,
दया गर्नुस भन्दैन यो गालो किन साथी?

गालो किन अलाप्नेत शायद मुखले हो?
मुखको मुखमा माकुराको जालो किन साथी?

सल्लीपुरको खोरी सरी गुर्रिएको भाग्य माथी,
६०१ को नाङ्गो नाच पालै पालो किन साथी?

नोपालीको भाग्य मात्र गुर्रिनलाई होईन त्यो,
पोल्न अबेर डिकुराको डालो किन साथी ?। विस्तृतमा पढ्नुस् »

17
May

REFRI BANDEU BHANJA BABU

“रेफ्री बन्देउ भान्जा बाबु”
एक लाख साठी हजार वर्ग किलो मिटर
नापको फुटबल ग्राउण्डमा उप्रिंmदैछन पिटर

सामान्यतः फुटबलको नियम कानुन के हो?
थाहै नपाई बाह्र ० दुई दौड्छन इतर तितर

एकपल्ट त्यो समयलाई थपिसके पछी
पेनाल्टीमा जाने भन्ने जान्दैनन यि मितर

यि सबकुरा निलाम्बर आचार्यलाई थाहाछ
अराजकता देख्ने आँखा लुकाउ चस्मा भितर

बजा च्यन्टे ट्याम्कुरो फुकिदे कर्ने कर्नल विस्तृतमा पढ्नुस् »

17
May

KUN GHAS KHANCHHAU 601?

“कुन घाँस खान्छौ ६०१”
कुन घाँस खान्छौ ६०१ गनाउँदै हिंड्छौ
गन्दे शरीर ६०१ कनाउँदै हिंड्छौ

लाज शरम्त बेचिखायौ अब खाउ मुत
रछ्यानबासी ६०१ जनाउँदै हिंड्छौ

समयको माग र तिम्रो जिम्मेवारी केहो ?
लम्बे गर्धन ६०१ तनाउँदै हिंड्छौ

तिम्रा बाउको बालुवाटार, सिंहदर्वार होईन
करलाई भोजन ६०१ बनाउँदै हिंड्छौ

तात्लान जन्ता तिमिलाई डांडो कटाईदेलान
आँफु आँफु ६०१ मनाउँदै हिंड्छौ ।। विस्तृतमा पढ्नुस् »

Syndicate content