Bishal Khanal

6
Jun

तिमी साथ छैनौ र त रुन मन लाग्छ,

तिमी साथ छैनौ र त रुन मन लाग्छ,
साच्चैं मेरी भै'नौ र त रुन मन लाग्छ!!!

आकाशको जुन भए आँटै गर्ने थि'न,
तिमी जुन है'नौ र त रुन मन लाग्छ!!!

कि त साथै हुनु कि त डांड़ा काटी जानु,
तर टाढा गै'नौ र त रुन मन लाग्छ!!!

धोको थियो मेरो तिमी संगै बाँच्ने मर्ने,
अब मेरी रे'नौ र त रुन मन लाग्छ!!!

Syndicate content