Buddhi Moktan

31
Jul

तिम्रो मुटु मेरो धड्कन्

Buddhi Moktan's picture

तिम्रो मुटु मेरो धड्कन् मिलाइ हेरौ कसो हुन्छ
च्यातिएको हाम्रो मन सिलाइ हेरौ कसो हुन्छ

जागै बसी थैली कसी तमोर तर्न तिमी र म
मध्य रात गावै बाट बिलाइ हेरौ कसो हुन्छ

डाँडा उक्ली हस्याङ फस्याङ अरुण कटि चौतारीमा
थ्याच्च बसी मिठो प्यार पिलाइ हेरौ कसो हुन्छ

असारमा दु:ख गरे मङ्सिरमा फल्छ फल
छर्दै बिंझ धर्ती हामी हिल्याइ हेरौ कसो हुन्छ

टाढै बसी तेल घसी बा आमाको काख तिर विस्तृतमा पढ्नुस् »

31
Jul

माडी अझै रुदैछ नी

Buddhi Moktan's picture

चट्ट भुल्न कहाँ सक्छु ,माडी अझै रुदैछ नी !
बन्द भाको छैन आँशु ,आज पनि चुदैछ नी !

कस्तो क्रान्ती खपे मैले,छोडी गए बाबा आमा
शान्त बाग मेरो बस्ती उजाड् उजाड् हुदैछ नी

बल्दा माडी जल्दा गाडी कता परे दाजु भाइ
खबर् छैन तर पनि भेट्ने आशा ज्युँदैछ नी !

सम्झी माडी गल्दै नाडी खोजी गर्छु फुपु दिदी
हुन्न भेट कतै पनि ,आँशु बगी धुदैछ नी!

सोची हेर तिमी आफै क्रान्ती गर्ने राज नेता विस्तृतमा पढ्नुस् »

22
Jun

आँशु झारी तिमी जाँदा

Buddhi Moktan's picture

आँशु झारी तिमी जाँदा बाटो हेरे मैले
सोसिन्दैथे मेरै सामु, माटो हेरे मैले ।

अन्तिम् पल हात चुमी टाढा भए पछि
स्पर्शका डाम हरु ,टाटो हेरे मैले ।

कुना कानी खोजी गरे कुन् झ्यालमा छौ की
चुरी सुन्य हुँदा ढिकी, जाँतो हेरे मैले।

को नै छ र यो बेलामा कठै!मेरो भन्ने
नदेखिने आफै भित्र ,गाँठो हेरे मैले ।

प्रतिच्छेदित् किरणमा बिम्ब तिम्रो छैन
देखु मुख भन्दै तस्बिर्, साटो हेरे मैले । विस्तृतमा पढ्नुस् »

22
Jun

गैरी खेत आली मन पराएँ

Buddhi Moktan's picture

बर्षा याम गैरी खेत आली मन पराएँ
मङ्सिरमा टन्न दाना बाली मन पराएँ

छुपु छुपु बिउ रोप्ने मेरी मनकी रोपार
छ्यापे हिलो बदलामा गाली मन पराएँ

घुम ओढी लुकाएकी निर्मम चिर्ने अधर
भरिनुथ्यो सिउदो मैले खाली मन पराएँ

ताना तान चले पछि हिलै भयो शरीर
खले गरो रङ्ग मन्च ताली मन पराएँ

हिलो छ्यापी सझिएको पुज्य मेरो प्रतिमा
'बुद्धि'मता रोपारकी थाली मन पराएँ

Syndicate content