Ganga Dhar-Rohit

15
Dec

त्यसै मर्दिन म

भैगो अब बैगुनीलाई याद गर्दिन म
यो कलि को माया प्रेममा भर पर्दिन म

कोहि छैन आफ्नो भन्नु, आफु भन्दा अर्को
यही मेरो अन्तिम कडी, तल झर्दीन म

सोच्थे उनि बिना मेरो जीवन को के अर्थ
देखाउछु म एक्लै बाँची, त्यसै मर्दिन म

मलाई छाडी बैगुनी ले, कति खुसि पाउदीरैछे?
त्यो नहेरी संसार त्याग्ने, गल्ति गर्दिन म
उसलाई पछुतो नपारी, त्यसै मर्दिन म

27
Nov

मन लाग्दैन

मन लाग्दैन

यो कस्तो दिन आयो, हास्न मन लाग्दैन
यो कस्तो जिन्दगि भयो, बाँच्न मन लाग्दैन

आज सम्म त उनीलाई नै संसार ठान्थे मैले
आज भोलि उनको याद, साच्न मन लाग्दैन

जति सुकै फुर्ति फार्ती गरे पनि भुल्न
किन निष्ठुरीको मन, भाच्न मन लाग्दैन

29
Aug

मेरी चेली

तिज आयो भन्छन सबै, खै त आ'की मेरी चेली
मेघ गर्झ्यो बाढी आयो, गंगा बग्यो नाली बेली

माइती घरलाई बिर्सेउ कि त , दाईको याद आयनकी
तिमि आउने बाटो तिर ,लाउछु आखा खाली चेली

तिम्री भाउजु बिरामी छे, लिन आउन पाइन म त
कसले हेर्ने बस्तुभाउ, कसले हेर्ने बाली चेली

यो दाईको मर्का बुझी, तीजमा आइदेउन आफै
धेरै मन भएपनि , आइन यसपाली चेली

14
Aug

तिम्रो हिम चिम

सुन्छु हल्ला तिम्रो हिमचिम अर्कै सित धेरै छ रे
तर पनि हातमा चुरा, सिन्दुर, पोते मेरै छ रे

नहुने हो दुनियाको कुरा सुनी संका गर्न
तर पनि तिम्रो दोस्ती सिमा भन्दा धेरै छ रे

के हो के हो तिम्रो चाला बुझ्न मलाई गार्हो भयो
आज भोलि तिम्रो फेसन चाहिने भन्दा धेरै छ रे

यो उत्ताउलो जवानी को बोझ थाम्न साकिनौ कि
आज भोलि तिम्रो बोलचाल पराइ सित धेरै छ रे विस्तृतमा पढ्नुस् »

Syndicate content