Gaurab Shrestha (Maankura)

9
May

उकालो चढे पछी, तिम्रो घर आयो

Gaurab Shrestha's picture

उकालो चढे पछी, तिम्रो घर आयो
मेरो खुसि लुट्ने, त्यही सहर आयो

फेरिएछन् धेरै कुरा, म हिडेपछी
बदलीए छो तिमी पनी, यस्तै नजर आयो

कारण त धेरै खोज्यौ, मुक्त हुन म बाट
मेरो नाम पछि नमील्ने, यो थर आयो

सुनेका कुरा धेरै, झुठो भनी आफै संग
तिमीले पठाएको, साचो यो खबर आयो

आधी यात्रा संगसंगै, नमेटिने याद बने
बिधाताको लेखाई यस्तै, छुटिने डगर आयो

गौरब श्रेष्ठ (मनकुरा)
कर्मैया-२ सर्लाहि विस्तृतमा पढ्नुस् »

6
May

र त पीउन मन लाग्छ

Gaurab Shrestha's picture

तिम्रो यादले पछ्याउछ, र त पीउन मन लाग्छ
सम्झी त्यही पल मन डराउछ, र त पीउन मन लाग्छ

यादको त्यो खिल कस्तो, मुटु माझ गडेको यो
त्यसै अट्टाहस् भै दुखाउछ, र त पीउन मन लाग्छ

भ्रम मेरो आँखाको यो, तिमी देख्छु वरिपरि
सम्झनाले अधिक सताउछ, र त पीउन मन लाग्छ

भुल्ने कोशिष लाखौं गरे, पराजीत म आफै संग
त्यहि हार मा यो दिल रमाउछ, र त पीउन मन लाग्छ

हरेक साँझ बिहोस भै भन्छु म, पीउदीन भो तिम्रो यादमा विस्तृतमा पढ्नुस् »

3
May

हिजो थिए आज छु, भर हुन्न भोलि जीन्दगीको

Gaurab Shrestha's picture

हिजो थिए आज छु, भर हुन्न भोलि जीन्दगीको
आफैलाई थाहा छैन, कैले उठ्छ डोली जीन्दगीको

गर केहि काम यस्तो, मरे पछि नाम बनोस
के लान्छ र मर्दा मान्छे, मात्र बाँकी बोली जीन्दगीको

कहिले खस्छ झरना बनी, बाढी बनी उर्लीन्छ कैले
सागरमा नै मील्नु रै्छ, कुनै दिन त खोली जीन्दगीको

कीन बस्नु दुखी बनी, रुदा यहाँ एक्लै रुनु पर्ने
रमाएर आजमा नै, खेलौ साथि होली जीन्दगीको विस्तृतमा पढ्नुस् »

1
May

कोहिलाई माया, फूलै फूलको थुङ्गा भैदियो

Gaurab Shrestha's picture

कोहिलाई माया, फूलै फूलको थुङ्गा भैदियो
कोहिलाई माया, चुडिएको चङ्गा भैदियो

समर्पण मै कति माया, दिगान्त भै बाँचे
कोहिलाई माया, पारि तर्ने डुङ्गा भैदियो

कती भेटे स्वार्थी माया, सुख हुदा हातमा
कोहिलाई माया, ईश्वर देख्ने ढुङ्गा भैदियो

कती बने मुना मदन, यहि मायाको भरमा
कोहिलाई माया, खेल जस्तै हलुङ्गा भैदियो

30
Apr

आज फेरि अर्को एउटा, जवान बेचियो

Gaurab Shrestha's picture

युवा सबै खाडी तीर देशको, शान बेचियो
आज फेरि अर्को एउटा, जवान बेचियो

बन्छु भन्थे ठुलो मान्छे, सानो छदा खरि
देशको लाई जोगाएको, ज्ञान बेचियो

बेरोजगारि जताततै, देश छोड्नेकै लाम छ
पैसा फल्ने रुख बिदेश, ध्यान बेचियो

सीप हुने पौरखीलाई, गर्ने ठाँउ नभैदिदा
कामलाई माम ठान्ने नेपालीको, ज्यान बेचियो

रहर त कहाँ थियो, घर बारि माटो छोड्न
बाध्यता हो मेरो पनि, ईमान बेचियो विस्तृतमा पढ्नुस् »

28
Apr

दुरिको के, कुरा मायामा

Gaurab Shrestha's picture

दुरिको के, कुरा मायामा
हुरिको के, कुरा मायामा

यो माया, घाउ दुख्दैन्न
छुरिको के, कुरा मायामा

र्सबस्व नै, लुटाउछन यहाँ
मुरिको के, कुरा मायामा

दुई धडकन, छन्छनी बज्छन्
चुरिको के, कुरा मायामा

मेरो लागी, तिमी एउटै
“उरि” को के, कुरा मायामा

♥ Someone Spacial Gazal ♥
http://eykzpage.blogspot.com/

27
Apr

त्यो फूल याद आयो

Gaurab Shrestha's picture

आज फूल्न नपाउदै, झरेको त्यो फूल याद आयो
तारे भिरको पहिरोमा, परेको त्यो फूल याद आयो

जोगाएर राख्न खोज्दा, बार लागाई फूलको वरिपरि
नियतीको आगोमा, डडेको त्यो फूल याद आयो

लखेटिदा सबै बाट, पर्दा शरण भगवान को
दैबले नी बज्रपात, गरेको त्यो फूल याद आयो

सह्यो कती बर्षा हुरि, राप ताप छल्दा पनी
फूल्ने रहर हुदा हुदै, मरेको त्यो फूल याद आयो

सजीएर मन्दिरमा, पुजा बनी कसैको दिलमा विस्तृतमा पढ्नुस् »

25
Apr

चोखो माया गरेको हु, तगारो भो आज

Gaurab Shrestha's picture

चोखो माया गरेको हु, तगारो भो आज
तिमीलाई सौन्दर्य नै , प्यारो भो आज

के सक्थेउ र हिड्न अब, सहयात्रि बनी
गलत एउटै फैसलाले, अफ्टयारो भो आज

बुझे पनी दायाँ बायाँ, कालो मन देखिदैन
रोजाई आफ्नै चिन्न कती, गाहरो भो आज

गर्थ्यौ त माया मनले, थाहा हुन्थ्यो जलन
पथ्थर लाई देउता मान्दा, साहा्रो भो आज

नदेउ भो मार्ग दर्शन, खोक्रा आडम्बरि कुरा
उकालीमा मेरो माया तिम्लाई, चौतारो भो आज विस्तृतमा पढ्नुस् »

23
Apr

मुस्कुराउछौ पाउल बनाई, म त्यही तिम्रो ओठमा हुन्थे

Gaurab Shrestha's picture

मुस्कुराउछौ पाउल बनाई, म त्यही तिम्रो ओठमा हुन्थे
दुखाईमा झार्दा अश्रु धारा, म त्यही तिम्रो चोटमा हुन्थे

बसन्त आउदा हरेक तिम्रो, खुसि उमंगहरुमा
सजाउन तिमीलाई, म त्यही फूलको बोटमा हुन्थे

बर्णनहुदा सुन्दरता तिम्रो, यो जग सामुन्ने
जुनले छर्दै मुहारमा तिम्रो, म त्यही जुनको बनोट मा हुन्थे

बन्दछन अक्षर मीलाई मह, तिम्रै बयानमा पोखीन्छन
भरेर सुगन्ध सुनमा अरु, म त्यही शब्द लेखोट मा हुन्थे विस्तृतमा पढ्नुस् »

19
Apr

तर्की हिड्यौ बाटो छेकी, पर्ख भनेनौ

Gaurab Shrestha's picture

तर्की हिड्यौ बाटो छेकी, पर्ख भनेनौ
जीन्दगी भर साथ दिन्छु, फर्क भनेनौ

माया न हो कैलेकाहि, चल्दो रैछ घुर्की
माफ गर भनी माया, छर्क भनेनौ

ठुस्कीएर परै बस्यौ, नबोलेर दिनै काट्यौ
अल्ली ओर आउन यता, सर्क भनेनौ

खोज्दै बित्यो गल्ती मेरो, माया गर्न भुल्यौ
हात समाई आफु तिर, लर्क भनेनौ

म पनी त एक्लो हुन्थे, रिसाएर तिमी जादा
तिमी बिना जीउनु एक पल, नर्क भनेनौ

Syndicate content