Govinda Prasad Neupane

15
Jun

तिमीसँग

तिमीसँग बिताएको रात बिर्स्या छैन,
भन्ज्यांगमा गरिएका बात बिर्स्या छैन ।

चाड-पर्व आउदाखेरी रमाउँदै तिमीसँग,
एउटै थालमा खाएको भात बिर्स्या छैन ।

ओरालीको यात्रा सकी फर्किएर आउँदा,
उकालीमा समाएको हात बिर्स्या छैन ।

लोभ्याउने मुस्कान तिम्रो नजर राम्रो भन्दा,
रिसाउने मायालुको जात बिर्स्या छैन ।

अरुलाई हेप्नु हुन्न भन्ने मनले लगाएको,
घृणा र तिरस्कारको खात बिर्स्या छैन । विस्तृतमा पढ्नुस् »

Syndicate content