Mahendra pomoo

12
Apr

नयां बर्षमा

नयां बर्षमा
रेडियो, टेलिभिजन, फेसबुक
मोबाइलको इनबक्स, छापा इत्यादि
भरिएका हुन्छन
भरिएको हुन्छ अकाश शरभकामनाका तरङ हरुले
पोहोरै त हो
मेरो हृदय पोखिने गरि
मैले शुभकामना का अँश पाएको
तर म र मेरो मन कहिल्यै मिलन नहुने गरेर बिछोडियो
मेरो चोईटिएको ईतिहास दोहोरियो
यो राष्ट्रले मलाई मेरो मनको डिल पोखिले गरि
शुभकामनाका भण्डार सुम्पेको थियो
तर यो राष्ट्र सँग के थियो विस्तृतमा पढ्नुस् »

12
Apr

poem

नयां बर्षमा
रेडियो, टेलिभिजन, फेसबुक
मोबाइलको इनबक्स, छापा इत्यादि
भरिएका हुन्छन
भरिएको हुन्छ अकाश शरभकामनाका तरङ हरुले
पोहोरै त हो
मेरो हृदय पोखिने गरि
मैले शुभकामना का अँश पाएको
तर म र मेरो मन कहिल्यै मिलन नहुने गरेर बिछोडियो
मेरो चोईटिएको ईतिहास दोहोरियो
यो राष्ट्रले मलाई मेरो मनको डिल पोखिले गरि
शुभकामनाका भण्डार सुम्पेको थियो
तर यो राष्ट्र सँग के थियो विस्तृतमा पढ्नुस् »

4
Apr

बल्ल बल्ल जोणेको मन

बल्ल बल्ल जोणेको मन तोड्न फेरि किन आयौ
चोटको गुलाफ मेरो मनको तोड्न फेरि किन आयौ

पैसा सँग साट्ने तिम्रो स्वार्थि माया चाहिदैन भो
बिच बाटोमा एक्लै पारि छोड्न फेरि किन आयौ

मेरो मनको झ्याल ढोका भिता सबै भत्काई गाथ्यौ
मरो अकाश धर्ति सारा फोड्न फेरि किन आयौ

कति रोए एकान्तमा तिम्रो प्रेमको तिरस्कारले
फुल्न लाग्या मेरो जिबन मोड्न फेरि किन आयौ

20
Mar

topi

म त ढाका टोपि लाउने बानि उनले त काका भनिन्
नियालेर मेरो टोपी कस्तो धेरै पाका भनिन्

बुझ्दै जादा उनि त म भन्दा नि जेठि रैछिन
यस्तो बुढो मलाई माग्न के सम्झेर आका भनिन्

मैले आखा छोप्नु पर्ने मिलिस्कटमा फुल्दि रैछिन्
मेरो दौरा सुरुवाल लाई त के बोरा लाका भनिन्

मुखभरि खै के रातो चपाउदै प्याच्च थुक्दै
के नमिठो लागेर गुन्द्रुक ढेडो खाका भनिन्

7
Feb

हुन्छ भन्नु परो

बाध्यतामा धेरै पटक हुन्छ भन्नु परो
मरेको अशले शिखर छुन्छ भन्नु परो

बग्रल्ति सपना हरु झरेपछि भिरबाटै
ढुंगाले आंशु मेरो धुन्छ भन्नु परो

चोटहरुले रङगीएर गाउंदा एकान्तमा
आवाज मेरो वनपाखाले सुन्छ भन्नु परो

हारेर ज्योतिमा अन्धकार खोजि हिड्दा
मृत्युले नि राम्रै मान्छे चुन्छ भन्नु परो

12
Jan

parnu cheeina aba malai

आठ नं. को तिम्रो हिरोमा पर्नूछैन अब मलाई
तिम्रो प्रेमको भिरबाट झर्नु छैन अब मलाई

मर्दा मर्दा बल्ल बल्ल दश बाट आठमा झार्यो
आठ बाट सात नम्बरमा सर्नुछैन अब मलाई

तिम्रो जनरको एक नं. मा पर्न मैले मर्नै पर्छ
तिम्लाई पाउन पटक पटक मर्नूछैन अब मलाई

जति रोए एकान्तमा पागल प्रेमले रोए
एकतर्फि बैतरणि तर्नू छैन अब मलाई

12
Jan

gajal

गुन्गुनाउंदै आउछिन उनि सांझ र रातमा
चुम्बन गर्न थाल्छिन अनि मेरो नाङ्गो हातमा

नदेखेरै मैले पनि उनलाई बास दिए जस्तो
लर्बराउदै बाटो लाग्छिन चुम्बनकै मातमा

धेरै पटक नआउने घोषणा पत्र दिए पनि
चुकिन फेरि आजराति आफ्नै कठोर बातमा

जिबन बांच्न यस्तो धन्दा गरेकिरे राति राति
मिस युनिभर्स हुने रे मच्छडको जातमा

Syndicate content