Manoj kafle

28
Jan

गजल

आशमात्र देखायौ हरबात तिमीले
अनि सुम्सुमायौ दुईहात तिमीले l

लुटदियौ जवानी नजानी नजानी
आफ्नो जनायौ केहिरात तिमीले l

फसायौ तनमन लजालु नयनमा
जिन्दगी बनायौ भेटघाट तिमीले l

परबास पठायौ मुग्लानी भनायौ
फर्कदा गुमायौ यी साथ तिमीले l

भईगयौ दिवानी नमानी नमानी
मनुलाई गरायौ बरबाद तिमीले

Manoj kafle
मनसुन रचना २०६८ पौष २३ गते, कुवैत

Syndicate content