Melbourne Australia

9
Jun

Consequences of love....

नजानेर प्रीत लाउँदा, उन्को मिठो घात पाएँ
एकोहोरो माया गर्थें, तेसैले त लात पाएँ
 
बल्झिएको घाउ दुख्छ, कोट्टाउने प्रयास गर्दा
निस्ठुरीले कोल्टे फेर्दा, औंसीको त्यो रात पाएँ

मुटु दुख्छ आँशु झर्छन, के भो भन्ने साथि छैनन्
उनले साथ् छाडी दिंदा, भट्टीको त्यो मात पाएँ

हेर्दा राम्री निर्दोष मुहार, नफस्नुथ्यो फशिहालें
फूल भनि समाउदा, सिस्नुको त्यो पात पाएँ

8
Jun

Drunken mentalisation...

पुतलीको भट्टीमा पस्न मन लाग्यो,
हिजो जस्तै आज पनि डस्न मन लाग्यो,

एकै बोत्तले भए पुग्छ मात चडाउन,
अंगालोमा बाँधी उस्लाई कस्न मन लाग्यो,

यौबन उस्को दोषी या दोषी सोमरस
रात आज उसैकोमा बस्न मन लाग्यो,

लड़बडाएं किन कुन्नि मात चढेछकी,
सम्हालिंदै उस्को काखमा खस्न मन लाग्यो

8
Jun

Aawara

आवारा पो भएछु म काम पनि छैन,
खल्ती मेरो रित्ति सक्यो दाम पनि छैन,

साथीहरु कहाँ पुगे म चैं घरको घरै,
कुकुरले नि भुक्न थाले नाम पनि छैन,
 
गर्लफ्रेन्ड लिई हिडछन सबै म चै एकलकाटे,
साथ् आज सबले छाडे राम पनि छैन,

बिग्रिसक्यो जीवन मेरो केल्ले तर लाउने,
जुवै खेल्छु भनि बस्दा साम पनि छैन

8
Jun

Aawara

आवारा पो भएछु म काम पनि छैन,
खल्ती मेरो रित्ति सक्यो दाम पनि छैन,

साथीहरु कहाँ पुगे म चैं घरको घरै,
कुकुरले नि भुक्न थाले नाम पनि छैन,
 
गर्लफ्रेन्ड लिई हिडछन सबै म चै एकलकाटे,
साथ् आज सबले छाडे राम पनि छैन,

बिग्रिसक्यो जीवन मेरो केल्ले तर लाउने,
जुवै खेल्छु भनि बस्दा साम पनि छैन

Syndicate content