Nissu Subedi

25
Oct

Timrai Mayale

तिम्रै मायाले तान्यो सानु
मुटुले धुकधुक हान्यो सानु

हजारौं मध्ये पनि एक
तिमीलाई नै छान्यो सानु

तिमीलाई यो मनले आज
आफ्नै भन्ने ठान्यो सानु

तिमि नै हौ मेरो संसार
भन्ने मनले मान्यो सानु

Syndicate content