Prakash R. Pandey

2
Sep

रातो सारी सिन्दुरले सजाउदा राम्री तिमी

रातो सारी सिन्दुरले सजाउदा राम्री तिमी
घुम्टो भित्र मुसुक्क हासी लजाउदा राम्री तिमी
परेलीले आखा छोप्यो धपक्कै त्यो मुहार बल्दा
त्यसैमाथि छमछम चुरा बजाउदा राम्री तिमी
तिमी हिडे अधेरोमा दियो बाल्नै नपर्ने भो
अंगालोमा चन्द्रमालाई समाउदा राम्री तिमी
सात समुन्द्र पारीसम्म सुगंधले मनै हर्ने
बाह्रमासे फुलजस्तै रसाउदा राम्री तिमी
रातो सारी सिन्दुरले सजाउदा राम्री तिमी विस्तृतमा पढ्नुस् »

28
Aug

Gazal

पहिलो त्यो चुम्बन तेज भो सुहागरातको
मुटु अनि धड्कन तेज भो सुहागरातको

मधुरदिप संगै अंग साटासाट गर्दाको
हामी बिचमा दर्पण तेज भो सुहागरातको

पिरतीको नशामा हराएका रैछौ हामी
मर्ीर्मीरेले हानेको चड्कन तेज भो सुहागरातको

हराउदा अंगालोमा आवाज आउदा स्याक्क सुक्क
परिवारको लागि अड्चन तेज भो सुहागरातको

प्रकाश आर. पाण्डे "निश्चल" विस्तृतमा पढ्नुस् »

Syndicate content