RAJU CHALISE BICHHOD

5
Feb

दोबाटो मा भेटे पनि मायाँ भनी बोल्ने छैन

दोबाटो मा भेटे पनि मायाँ भनी बोल्ने छैन
बास माग्न आए पनि मन को ढोका खोल्ने छैन

गए पछी मन को बत्ती सधैं लाई निभाए र
तिम्रो नाम मा कैले पनि दीयो बाल्ने छैन

मुटु चुँडी लगेपनि हाँसेर नै बाँची दिन्छु
तिमी लाई सम्झी जिन्दगी मा आँसु झार्ने छैन

म हिँड्ने बाटो भरी काँडै काँडा रोपि दियौ
सहि दिँउँला चोट बरु तिम्रो आगन छेउ हिंड्ने छैन

चोट दीइ मूटु मेरो छिया छिया पारे पनि विस्तृतमा पढ्नुस् »

16
Jan

मेरो चोखो मायाँ तिमीलाई,बिश बनी लागेछ

मेरो चोखो मायाँ तिमीलाई,बिश बनी लागेछ
आफ्नै छायाँ आफै सँग,खै कता पो भागेछ

निस्चल अनी पवित्र मायाँ,दिँदा पनि तिमी लाई
मेरो मायाँ तिमी लाई,मिशावट पो लागेछ

बिहानी को किरण जस्तै,लाली छर्छु भनेको थें
अन्धकार मै छोडि मलाई,एक्लो बनाई भागेछ

जवानी लाई होइन मैले,तिमी लाई मायाँ गरें
बैंशालु को मात तिमी लाई,धेरै धेरै लागेछ

पुज्थे सधैं तिम्रो तस्बिर,मन को मन्दिरमा नै राखेर विस्तृतमा पढ्नुस् »

8
Jan

मुटु बिना धड्कन नभई बाँच्न कहाँ सक्छु र म

तिमी बिना एक्लो जिबन सोच्न कहाँ सक्छु र म
जिन्दगीको यात्रा एक्लै काट्न कहाँ सक्छु र म

तिमी मिले जिबन मा चाहिँदैन केही पनि
मुटु बिना धड्कन नभई बाँच्न कहाँ सक्छु र म

एक्लो लाग्छ तिमी बिना संसार को यो भिड पनि
तिमी बिना आफ्नो संसार सोच्न कहाँ सक्छु र म

तिमी लाई रुन दिन्न मलाई दु:ख परे पनि
तिम्रो खुशी बिना एक्लै हाँस्न कहाँ सक्छु र म विस्तृतमा पढ्नुस् »

8
Jan

छोडि आउँदा

हिंड्ने बेला रोयौ सानु , नजानु है भनेर
आसिंबाद आमा ले ,छीट्टै आउ ल भनेर

केही पर पुगेपछी फर्किएर हेरेको थें
खोज्दै थिईन छोरी ले बाबा बाबा भनेर

सुने पछी उन्को बोली,निराश भयो मन पनि
त्यहाँ बाट हिंडे फेरी आँखा मा आँसु भरेर

माफ गर है छोरी मलाई छोडेर म जाँदै छु
न रुनु है छोरी तिमी बाबा खोई भनेर

आउने थियँ छिट्टै फर्की छुट्टी पनि पाको छैन
मन लाई आफ्नो बुझाउ सानु तस्बिर हेरेर विस्तृतमा पढ्नुस् »

2
Jan

जिन्दगी को यात्रा

तिम्रो याद मा छट्पट्टिदा म,खुशी तिमी भयौ रे
खुशी मेरो लीइ सबै,आर्का लाई दियौ रे

अन्तिम सास लिदा पनि,नाम तिम्रो लियको थेँ
म मरेको दिन मा पनि,दिपावली मनायौ रे

चिता माथि जलाई लास,खरानी म भय पछी
आफन्त को अगाडि नि,झुटा आँसु खसायौ रे

सबै ले तिमी लाई खेलौना झै खेलाए पछी
बल्ल मेरो मायाँ को महसुस तिमी लाई भयो रे

जिन्दगी को यात्रा मा धोका र चोट खाँदा खाँदै विस्तृतमा पढ्नुस् »

27
Dec

जलेको यो मूटु लाई

जलेको यो मूटु लाई निभाउँ म के गरी
अतित ले सताई रहन्छ बिर्सु म के गरी

मूटु भित्र धड्कन बनी धड्की रहन्छिन सधैं उनी
जिन्दगीको रथ एक्लै चलाउँ म के गरी

कहिले कसो सपनी मा देखी उनलाई झस्किदिँदा
उनकै याद मा झर्छ आँसु रोकुँ म के गरी

हिज जस्तै लाग्छ आज बिताएका ति पल हरु
धेरै टाढा पुगें आज फर्की जाउं म के गरी

अन्धकार मै बिर्सिय छु जिन्दगी का बाटा हरु विस्तृतमा पढ्नुस् »

27
Dec

जलेको यो मूटु लाई

जलेको यो मूटु लाई निभाउँ म के गरी
अतित ले सताई रहन्छ बिर्सु म के गरी

मूटु भित्र धड्कन बनी धड्की रहन्छिन सधैं उनी
जिन्दगीको रथ एक्लै चलाउँ म के गरी

कहिले कसो सपनी मा देखी उनलाई झस्किदिँदा
उनकै याद मा झर्छ आँसु रोकुँ म के गरी

हिज जस्तै लाग्छ आज बिताएका ति पल हरु
धेरै टाढा पुगें आज फर्की जाउं म के गरी

अन्धकार मै बिर्सिय छु जिन्दगी का बाटा हरु विस्तृतमा पढ्नुस् »

27
Dec

तिमी मलाई रुवाय नि खुशी तिम्रो देख्ने मन छ

तिमी मलाई रुवाय नि खुशी तिम्रो देख्ने मन छ
तिम्रो नाम मा एउटा कथा लेख्ने मेरो मन छ

तिम्रै तिर ले मूटु मेरो छिया छिया भए पनि
त्यही मूटु मा तिम्रै तस्बिर सजाउने मन छ

देखिन्छौ नि कस्ती तिमी सजाउँदा त्यो सिउँदो
बेहुली बन्दा घुम्टो तिम्रो उठाई हेर्ने मन छ

नदिएनी निम्तो तिमी डोली चढि जाँदा
मूटु भरी गाँठो पार्दै बिदाइ गर्ने मन छ

मलाई रुवाई पराई सँग नाता तिमी गाँसे पनी विस्तृतमा पढ्नुस् »

Syndicate content