Sirjan Timalsina

14
Nov

GAJAL

आँखा जुध्या मात्रै थियो नजरको तिर हाने जस्तै भयो ।
हात मात्रै समातेको हो आफैतिर ताने जस्तै भयो ।।

अबुझ थिए होला सायद कुरा मैले नबुझेको ।
दुई शब्द केहि बोलेको’थेँ सबैकुरा जाने जस्तै भयो ।।

आना–कानी गर्दा गर्दै सहमति जनाएपछि ।
आखिरिमा मैले उनको कुरो माने जस्तै भयो ।।

लुटु–पुटु गर्दै मेरो समिपमा आएपछि बस भन्न कर लाग्यो ।
खुसि हुँदै छेउमा बसिन आखिर आफ्नै ठाने जस्तै भयो ।।

15
Oct

गजल

मलाई बिचमा अड्काएर तिमि तल झर्यौ सानु
जँधारमा ल्याई छाड्यौ तिमि खोलि तर्यौ सानु

हाम्रो मायाँ अजम्बरी दाँया बाँया हुन्न भन्थ्यौ
धनलाई रोज्यौ मलाई छाड्यौ आखिर घात गर्यौ सानु

देउता जस्तै मानि तिमिलाई दिल भित्र सजाएथे
दुध खुवाई पाल्या सर्पले झै आखिर बिष छर्यौ सानु

मलाई के'था मान्छे एक रुप अनेक रै'छ तिम्रो
स्वार्थ लुटि पर भाग्ने आखिर नारि पर्यौ सानु
मलाई बिचमा अड्काएर तिमि तल झर्यौ सानु
जँधारमा ल्याई छाड्यौ तिमि खोलि तर्यौ सानु

15
Oct

गजल

सन्देश आयो मोबाईलमा यसो हेरेँ खाली रै'छ
त्यो नम्बरमा मिसकल हाने अब उसको पाली रै'छ

मिसकल सन्देश हुँदा हुँदै घण्टौ कुरा हुन थाल्यो
पैसा सकियो मोबाइलमा खल्ती छामेँ खाली रै'छ

कुरा मात्र हुन्थ्यो हाम्रो देख भेट चाहीँ भाको थिएन
फोटो पठाई इमेल गरि म भन्दा नि काली रै'छ

काली भानी मन पर्यो भेट्ने प्रस्ताव राखे मैले
फूलले मात्र देख्छ भन्थेँ बगैचामा माली रै'छ

सन्देश आयो मोबाईलमा यसो हेरेँ खाली रै'छ
त्यो नम्बरमा मिसकल हाने अब उसको पाली रै'छ

Syndicate content