Surendra Panta

6
Jun

kathmandu shahar

अन्न फल्ने जमिन माथि, घर बन्न थालेपछि
पानी बग्ने खोला माथि, ढल बग्न थालेपछि

किन यस्तो दुर्गन्ध, काठमाडौँको शहरमा ?
शहरको सडक माथि, फोहोर फाल्न थालेपछि

जताहेर्यो धुवा धुलो, मानिसको भिड कति ?
मान्छे बिच्छे सडक माथि, गाडी गुड्न थालेपछि

मंहगीको सिमा छैन, बस्नलाई कोठा पाइन्न
असारको भेल जस्तो, शहर पस्न थालेपछि

तिर्खा लाग्दा पानी छैन, गर्मी हुदा छहारी छैन विस्तृतमा पढ्नुस् »

Syndicate content