Suresh Pokharel

15
Aug

एक्लै तड्पी बाँच्नु पर्ने जेल रैछ माया

एक्लै तड्पी बाँच्नु पर्ने जेल रैछ माया
हेर्दा हेर्दै डाँडा काट्ने रेल रैछ माया
मिठो माया सम्हालेर हाँसी खुसि जिउँला भन्थें
रुने अनि रुवाउने खेल रैछ माया

सारा पिडा बिर्साइ दिने बसन्त लाई पर्खी बस्थें
सपना सबै बगाई लाने भेल रैछ माया

संगै जिउने संगै मर्ने अभागीको सपना
एक्लै छोडी टाढा हुने रेल रैछ माया
एक्लै तड्पी बाँच्नु पर्ने जेल रैछ माया
रुने अनि रुवाउने खेल रैछ माया

Syndicate content