धेरै लागि सकेछ खुट्टा ठोक्के पछि थाहा पाये
पिरहरू मा रैछु आसुँ पोख्खे पछि थाहा पाये
बर्बादीको भङ्गलो ले एकोहोरो गाली सकेछ
थोरै हिड्दानै पाइलाहरू रोक्के पछि थाहा पाये
आफ्नै लाग्थ्यो इस्ट सबै तर होईन रैछन
बिना करण आँखा तर्दै झोक्के पछि थाहा पाये
मन धेरै रोयो बेचिए जस्तो भाको रैछु
बर्केलिङमा निस्चित रकम तोक्के पछि थाहा पाये
अधुरो छु म तिमी भए, पुरा हुने थिए
साथमा हुँदा हरैपल मिठामिठा, कुरा हुने थिए-1
केशहरुमा सलबलाई गाजल संगै लत्पतिएर
हतैभरी छङछङ बज्ने रगिबिरङी, चुरा हुने थिए-2
हात माग्छु साथ माग्छु गन्तब्यमा संगै पुग्न
दोबटो मा छुट्नु परे आँफैलाई रेट्ने छुरा हुने थिए-3
लेख्दा लेख्दै गजल बनेछ तर लेख्या कुरा सत्य
पिढा मा तिम्लाइ खुशी मिले कटियेर झुरा हुने थिए-4
अधुरो छु म तिमी भए, पुरा हुने थिए विस्तृतमा पढ्नुस् »
दु:खलाग्यो रुढीबादी भयबित ठाउँमा छौ रे तिमी ,
लाज सरम लाई हेद्रै हिड्ने निर्लज गाउमा छौ रे तिमी ।।
बाआमको सपना अनी गाउँको ठुलो इज्जत थियौ ,
पैसाको मुल्यमा बिक्ने सस्तो भाउमा छौ रे तिमी ।।
सिमलको भुवा सारी उडाइ हिड्थियौ इछ्या चाहना ,
सगरको बिच, पनि भर्दै गरेको नाउमा छौ रे तिमी ।।
अन्याय अत्याचार कहिल्यै मान्य हुन्न पो थ्यो ,
जुवा अनी पासाको अन्तिम् दाउमा छौ रे तिमी ।। विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
21 hours 26 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 27 min ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 6 hours ago
3 days 8 hours ago