bajra ratna bajracharya

14
Jan

प्रेम पिडा

एकोहोरो नै सहि
मैले प्रेम गरेकै थिए काली
मेरो चोखो प्रेमलाई कहिँ
किन ठान्छौ तिमीले जाली?

सपना थियो तिमीलाई लाने
चढाई डोली अनि सिन्दुर हाली
सपना बिपना कहाँ पो हुन्छ र
नबजाऊ मेरो लाचारीमा ताली

तिमी फूल हौ बगैचाको
म त हु बस् एक माली
अर्कैले टिपी लग्दा पनि
हेर्न बाध्य छु बस् आफुलाई सम्हाली

लाग्दछ अब जीवन मेरो
फूल बिनाको बगैचा जस्तै खाली
तैपनि चाहन्छु भलो होस् तिम्रो विस्तृतमा पढ्नुस् »

24
Dec

gazal

चिट चोरी पास हुने
यो हाम्रो शिक्षा कस्तो
जहिले पनि मागेरै चलाउने
यो सरकारको भिक्षा कस्तो

देश रेटी आफु बाच्ने
यी हाम्रा नेताको चाला कस्तो
गरिबी हैन गरिब हटाउने
यहाँ मन्त्रीको भासण कस्तो

महंगीको त के कुरा गर्ने
कुनै चिज छैन यहाँ सस्तो
तैपनि जनता चुप लागेरै बस्छन
कसैलाई कसैको छैन चासो

शुद्धता आजकल केमा छ र यहाँ
खाना संगै बिष खाए जस्तो
माया पनि नोटमा सात्छन यहाँ विस्तृतमा पढ्नुस् »

Syndicate content