bed thapa beshohi

10
May

TIMRO JOWAN KASTO KASTO

तिम्रो जोवान कस्तो कस्तो?

कस्तो कस्तो तिम्रो जोवान पोखरीको डिल जस्तो
चिरिएको मुटू जोड्न ठोकिएको किल जस्तो

भन्छन माया अमर त्यो चखेवा र चन्द्रमाको
तिम्रो जोवान आतुर किन शिनु खोज्ने चिल जस्तो

घाम चर्केसी बिलाउँने जाडो यामको हुस्सु सरी
छरपष्ट जोवान तिम्रो जौ मिसेको तिल जस्तो

काँचुलि त्यो फेर्ला जसै एकदिन तिम्रो जोवानले
उमङ्गमा लाग्ला ठेडी पैतालाको खिल जस्तो विस्तृतमा पढ्नुस् »

20
Apr

Himal bhanda chokho maya

“हिमाल भन्दा चोखोमाया”

हिमाल भन्दा चोखोमाया, खोजी पाईदैन भन्देउ
मायाका गित सारंगीमा, यसै गाईदैन भन्देउ

एक अर्काले युगौं युगलाई, साथदिने लिने भनी
आत्मा सांक्षी राखी कसम, यसै खाईदैन भन्देउ

हिरा, राँझा, रोम्यो जुलेट, काहानीका पात्र मात्र
अमर प्रेमको गाथा, तेसलाई दाँईदैन भन्देउ

नक्कलको मारमा संसार, मायापनी तेस्तै याहाँ
दिनहुँ प्रित फेर्ने संग, प्रित लाईदैन भन्देउ विस्तृतमा पढ्नुस् »

Syndicate content