behalkumarshangharsha

6
Feb

जिउन खोज्छु

behalkumarshangharsha's picture

जिउन खोज्छु तर शास छैन !
यो जिबनमा किन उल्लास छैन!!
भोक भोकै छ पापी पेट आज !
हात मुख जोड्नलाई गास छैन !!
दिन त जान्छ भौतारिदै बरु !
रात काट्नलाई बस छैन!!
राप र तापले जल्छ मन !
मन सिताउने बतास छैन !!
मायाँ ठुलो भन्छन जिबन मा!
तर पनि मलाई आभास छैन!!
स्वार्थी दुनियाँ यो उस्तै तिमि !
अब कसैको मलाई आस छैन!!
जिउन खोज्छु तर शास छैन !!!

5
Feb

यसै गरि जिए

behalkumarshangharsha's picture

सधै तड्पाईमै पिए तिमि !
सधै यसै गरि जिए तिमि !!
हाँसो मा हाँसो थपी दिउला !
दुनियाँ को घृणा लिए तिमि !!
आझै छिया पर्छु त्यो मुटु !
कसै फाटेको मन सिए तिमि !!
रमाउने थियो मन कति !
बदनामी भै चिनिए तिमि !!
झनै कति खुसि हुन्थे म !
असैया पीडाले मुर्छिए तिमि !!
सधै यसै गरि जिए तिमि !!!

4
Feb

तिम्रो चर्चा

behalkumarshangharsha's picture

गाउँ घरमा तिम्रो चर्चा फेरी कसले चलाई दियो !
पुरानो त्यो मन्दिरमा दियो कसले जलाई दियो !!
पिरतीको चौतारी मा तिमि बर म पिपल भै !
बस्न नपाई आंदी चल्यो चौतारी नै ढलाई दियो !!
बल्ल बल्ल भुलेको थे अतित का पलहरु !
धेरै पछी भेटे पछी तिम्रो आशा पलाई दियो !!
रुदा रुदै बतास संगै बतारिदै कता कता !
हाड मासु को सरिर हेर नुन पानीले गलाई दियो !! विस्तृतमा पढ्नुस् »

Syndicate content