
बस है कुरी हे मेरी लुरी आउँछु भनेर
सिन्दुर सिरमा लागि मन्दिरमा लाऊँछु भनेर
न्याउली न भय दुख न कहे बन र पाखामा
म तिमि सित विरहको गित गाउँछु भनेर
बस है कुरी हे मेरी लुरी आउँछु भनेर
त्यो खाली नाडी उराठ गला त्यो खाली सिउदोमा
नौ रंगी चुरा पोते सिन्दुर सजऊँछु भनेर
बस है कुरी हे मेरी लुरी आउँछु भनेर विस्तृतमा पढ्नुस् »

पिरती को गित मैले गाउन छाडी सके !
भमरा झैँ फुल बारीमा धाउन छाडी सके !!
आँउछेउहोला तिमि साँझ परेसी रोधी घर!
मत सानु रोधी तिर आउन छाडी सके !!
डाली भरि फुलेछ फुल ओइलिएर झर्ला !
फुल टिपेर मैले सानु लाउन छाडी सके !!
शिर त नुग्छ देखेपछी मठ मन्दिर कतै !
नुगेनी शिर सत्य खुसि माउन छाडी सके !!
लायर होकी दिन दश होईना भने किन !
भाग्य को साथ अचेल पाउन छाडी सके !! विस्तृतमा पढ्नुस् »

मन भरि आशा बोकी पसे म खाडी तिर
कुलत म फसेझैँ फसें म खाडी तिर
सिसा सरि टुटे सपना मन भयो छिया छिया
घर न घाट को भै बसें म खाडी तिर
लामो लामो केश भयो उस्तै भयो दारी
जोगीले झैँ खरानी घसें म खाडी तिर
सपना टुटे आफ्ना छुटे हेर्दा हेर्दै आज
बालुवाको घर बनाउन कम्मर कसें म खाडी तिर
मन भरि आशा बोकी पसे म खाडी तिर
कुलत म फसेझैँ फसें म खाडी तिर

मेरो मन त साफ थियो तिम्री मनमा पप रैछ
सानो ठुलो उच निच तिम्रो मनमा नाप रैछ
हेर्दा राम्री जुन जस्ती बोलि मधुर मिठास
हेर्दा राम्री नक्कलीको मनमा कालो छाप रैछ
भन्थे मोरी नौजलेछ मलाई त्यस्तो लाग्दैनथ्यो
कालो मनमा नौजलेको बदला को ताप रैछ
कयौ संग सटिरैछौ तिमिलेनै मन मुटु
सबै बाट धोकै धोका तिम्रो मायाँ अफाप रैछ
गाउँ समझ ले छि छि भन्यो बाबा आमा बाधा बने विस्तृतमा पढ्नुस् »

जले रुमाल सम्झना दिएकी थियौनी
तिम्रो कोमल हातले सिएकी थियौनी
आफ्ना खुसि दियर सर मलाई यसरि
मेरा हर व्यथा तिम्ले लिएकी थियौनी
हाँसी हाँसी जिंय तिम्रो खुसि लियर सारा
बाहिर हाँसी तिमि आँशु पिएकी थियौनी
आफ्नै ठानी मेरा व्यथा शंघर्ष गरि गरि
आफ्ना चाह मारी मारी जिएकी थियौनी
जले रुमाल सम्झना दिएकी थियौनी
तिम्रो कोमल हातले सिएकी थियौनी

जुनी जुनी संगै काट्ने चोखो मायाँ लाएको हो
छुटे पछी आज किन उसको याद आएको हो
चैत जाँदो बेला थियो पिरतीको मेला थियो
चोखो मायाँ लाउन भनि बाग्लुंग बजार धाएको हो
चैते दसैं मेला लाको साथी संगी भेला भाको
झ्याउरे भाका ट्याप्पा टिपी मायाँ को गित गाएको हो
दोहोरीमा गाउँदा गाउँदै मायाँ क गित मिठा मिठा
जनमास को बिचमानै तिम्रो हात माएको हो
जनमास उर्ली आउथ्यो मायाँक गित गाउँदा झनै विस्तृतमा पढ्नुस् »

मायाँ गर्छु भनि कसम खायको कुरा यहि हो
गाउँ ले चाल पायर गु-नायको कुरा यहि हो
संगै गर्दा मेलापात दाउरा घास रानी बन
जुग जाने साँचो मायाँ लायको यहि हो
दिने भरि मेला पात साँझ परेसी रोधी घरमा
पिरती को मिठो गीत गायको कुरा यहि हो
एउटै मेलो भयपनी बोल्ने मौका कमै मिल्दा
साँझ बिहान ठाँटि धयको कुरा यहि हो
नाम भुल्दा काम भुल्दा आफु बस्ने गामै भुल्दा
यो मुटुले त्यो धडकन पछायको कुरा यहि हो विस्तृतमा पढ्नुस् »

गाउँ गाउँ सधै तिमि केटा छाँटेर हिन्छेउरे
जन्म दिने आमालाई नि ढाँटेर हिन्छेउरे
भेला परि जोरी परि यस्तो उस्तो भनि भनि
मेरै कुरा गाउँ घरमा काटेर हिन्छेउरे
चिन्नु छैन जान्नु छैन कस्तो छ मन पेट
जो भेटेनी मायाँ को डोरी बाटेर हिन्छेउरे
कति सस्तो भयो तिम्लाई सत्र बर्षे जोबन
जो संग पनि मायाँ लाउन आँटेर हिन्छेउरे
बोल्न केहि हुन्न अरे आफै जान्ने सुन्नी हुनी विस्तृतमा पढ्नुस् »

तिम्रो नाम मा म बर्त बसेको याद छ
भोको पेट्मा पटुकी कसेको याद छ
के गरिन तिम्रो लागि पैले भन तिमि
चालो चालो मुटुमा छुरा धसेको याद छ
कति दिने परिक्षा मैले र के को लागि
अन्धि बनि झुटो मायाँ मा फसेको याद छ
आँखा चिम्म गरि हिन्द तिम्रो लै लै मा
उठ्न नसक्ने गरि खसेको याद छ
देउता सम्झी दुध चढाउदा मैले सधै सधै
शर्पा बनि तिमि मलाई डसेको याद छ

ओल्टो कोल्टो फेर्दा फेर्दै रात बित्यो हेर
झ्याल बाट तारा हेर्दा हेर्दै रात बित्यो हेर
लुका मारी खेल्दै थिए जुन तारा बादल संग
मैले भने कपि केर्दा केर्दै रात बित्यो हेर
भग्न खोज्दै थियो जुन मायाँलु को बस्ति तिर
बदलु ले जुन घेर्दा घेर्दै रात बित्यो हेर
नजर जुदाउँदा जुन तारा बीच आयो बादल
जुन तारा बदलुले बेर्दा बेर्दै रात बित्यो
समिप मै पुग्दै थियो बादल चिर्दै जुन विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
21 hours 30 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 30 min ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 6 hours ago
3 days 8 hours ago