komal

5
Nov

गजल

देख्न थाले आफैलाई उसैको नयनमा
मायालु भाव झल्कियो कोमल हसनमा

आखाको भाका झनै कतिपनि नबुझिने
मोहिनी लाउने जादु तियो मधुर बचनमा

योवनमा मस्त भै लर्केको फुल झैँ
बास्नादार तिमी पाए मैले सारा चमनमा

भिजेकाति गुलाबी ओट प्रतिक्ष्यमा मेरा
अद्रिश्य चुम्बन भो मिशीएर पवनमा

Syndicate content