premchapagain

18
Oct

गजल

के हो कुरा कान्छी तिम्रो भरी हुने खाली हुने
आफै मास्ने बगैचा त्यो अनि आफै माली हुने ?,

पानी हाल्ने गोडमेल गर्ने जरा काट्ने पनि आफै
किन सुक्यो भनि सोध्धा तिमीलाई गाली हुने ?

तिम्रै त छ ,हात त्यहाँ मारे पनि बचाय पनि
तिमी माली बगैचाको फुल किन जाली हुने ?

राम्री हुने घुमफिर गर्ने यस्तै थे त रुचीहरु
के भो आजकल, अनि किन रहर काली हुने ?

Syndicate content