गजल
तिमीलाई भुल्न पिएर हेरें
चुलेसीलाई मुटु दिएर हेरें
आइ रह्रयौ तिमी सम्झनामा
स्मृतिका डोवहरु सिएर हेरें
एक्लै रैछु उभिएको किनारामा
एकलास मै पनि जिएर हेरें
रित्तिएछु आफैसगँ थाहा भएन
सुकेको पलाँस झैं खिएर हेरें
बगी रह्रयो आँखाबाट तिमी तप्प तप्प
आँशुलाई अाजुलीमा लिएर हेरें
राजु स्याङतान
खयरमारा महोत्तरी ६ हाल नयाँ बानेश्वर
syangtanraju2010@gmail.com
ग्ाजल
तिमी गयौ साँघु तरि मेरो आँशु झर्दै थियो
हाम्रो साँघु बगाउन बर्खे झरि पर्दै थियो
जहाँ थिएँ जस्तो थिएँ जसोतसो चलेकै थ्यो
एकलास जिन्दगीमा दुःख सुख टर्दै थियो
जाउँ भन्यौ सगै टाढा म त एक्लै हिँड्दै थिएँ
तिम्रो मनले मेरो मन थाहै नपाई हर्दै थियो
डाँडा माथी घाम थियो संसारबाट बिदा हुँदै
बाँच्ने आषा घाम सँगै मन मनै मर्दै थियो
तिमी सगै मुटु गयो सास फेर्न गार् यो भयो विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
21 hours 45 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 45 min ago
2 days 7 hours ago
3 days 2 hours ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 6 hours ago
3 days 9 hours ago