roshan dahal

31
Jul

गजल

बग्दै जादा सुक्दै जाने खोला रैछ जिन्दगी ।
सिउदै जादा फाट्दै जाने चोला रैछ जिन्दगी ।

सारा माग्दै पाए जती हाल्दै हिन्दा भर्दै जादा
चुइदै जाने जोगी बा को झोला रैछ जिन्दगी ।

जे गरे जसो गरे एक छाक खानै धान्न गाह्रो
अभाभै अभाभले घोचिरहने सोला रैछ जिन्दगी ।

गन्तब्य हिन छ यात्रा अनिस्चित छ समय
आज टर्यो जसो तसो भोली के, होला रैछ जिन्दगी ।

Syndicate content