sagar d xtra

13
Oct

बुझिसकें

तिमीले भन्न नसकेको कुरा बुझिसकें
एउटा हैन दुइटा हैन पुरा बुझिसकें

सामु हुँदा वस्ता तिमी नगरेझैं गर्छौ
देख्न अनी सुन्न पाउंदा सार्है मख्ख पर्छौ
नजरभित्रको प्रेमको छुरा बुझिसकें
तिमीले भन्न नसकेको कुरा बुझिसकें

नाटक गर्ने सामुन्ने माया गर्ने लुकेर
मनको कुरा सबै भन नडराइ फुकेर
किन लाउंछौ नङ्पालिश र चुरा बुझिसकें
तिमीले भन्न नसकेको कुरा बुझिसकें विस्तृतमा पढ्नुस् »

Syndicate content