sangay lama

2
Mar

gajal

देख्न थाले आफैलाई उसैको नयनमा
मायालु भाव झल्कीयो कोमल हसनमा

आखाको भाका झनै कति पनि नबुझिने
मोहोनी लगाउने जादु त्यो मधुर वचनमा

योवनामा मस्तभै लर्केको फुलझैँ
बास्नादार तिमी पाए मैले सारा चमनमा

भिजेका ति गुलाबी ओठ प्रतिकक्षमा मेरा
अदृश्य चुम्बन भो मिशिएर पवनमा

संगै लामा "कपाश"

8
Nov

bhantheou timi sagai bachuw

भन्थ्यौ तिमीसगै बाचौ जुनी जुनी मलाई
छाडी गयौ एक्लै आज चुनी चुनी मलाई

बोलाउदानी छड्के नजर लगाएर गयौ
नसुनेझैँ गर्यौ तिमीले सुनी सुनी मलाई

बाध्यता के पर्यो, चोखो माया थियो भने
फसाई गयौ माया जाल बुनी बुनी मलाई

गरिबीको फाइदा उठाई स्वार्थी माया लगाउनेले
मोजमस्ती गर्नु अब सास थुनी थुनी मलाई

सांगे तामांग" कपाश"
फिलाडेल्फिया पेंन्सिल्वानिया अमेरिका

Syndicate content