sanjitkumar bantawa rai

29
Sep

घर जान पाईएन

यस पाली नि दशैं मा, घर जान पाईएन !
३ वर्ष भो निधार खाली, टिका लाऊंन पाईएन !

आज त सबै घर मा, जमरा राख्दै होलान !
माफ़ गर है बाबा मेरा, माटो बोक्न पाईएन !

बुढ़ी आमा अंगेनोमा, सेल रोटी तार्दै होलींन,
नौ डांडा पारी छु म, सुंघन सम्म पाईएन !

टिका, आषिस, जमाराले, टाउको पुरै छोपीइन्थ्यो,
आउछु भन्थे, काम बाट, बिदा पनी पाईएन !

नहेर है बाबु-आमा, टोलाऊदै मेरो बाटो, विस्तृतमा पढ्नुस् »

2
Sep

आजो किन साथी मलाई रोउ रोउ लाग्छ...

आजो किन साथी मलाई रोउ रोउ लाग्छ
जीवन हाम्रो बित्ने होकी बिदेसैमा बसी

मुटु मेरो गाठो पर्छ घर सम्झी सम्झी
पिलुवाको झरना छेउ घर मेरो छाप्रो

बाबु आमा रुदै होलन बाटो मेरो हेर्द
साथी भाई नचदै होलन बजाउदै मादल

झल झली सम्झी रहेछु हेर्दै आकासको बाद्ल्
आमा रुन्छिन नजाउ भनी बाटो छेकी छेकि

अर्को दसैं कुर्दा कुर्दै मरिने पो होकी
आजो किन साथी मलाई रोउ रोउ लाग्छ

Syndicate content