
तिमीले घुम्टो ओड्ने बेला आ'को छ रे !!
बा-आमाको घर छोड्ने बेला आ'को छ रे
हातमा हात राखि पाथिभरालाई भाकी !!
खाएका कसमहरु तोड्ने बेला आ'को छ रे
कुनै पल नछोड्ने भनि चालेका ति पाइला !!
आज बिच बाटो मै मोड्ने बेला आ'को छ रे
उजाड पार्यौ तिमीले जिन्दगिलाई मेरो !!
अरुको फुलबारी गोड्ने बेला आ'को छ रे..

सम्झिएर ति दिनहरु रुन्छु भन्छे कालि !!
जहा-जता मेरै बोली सुन्छु भन्छे कालि
चोखो माया गर्छु,त्यसमा कुनै दाग छैन !!
विश्वाश नलागे देवीदेवता छुन्छु भन्छे कालि
चुडिएको माला सरि,टुक्रिएका सपनाहरु !!
एक-एक गरि अब आँफै बुन्छु भन्छे काली
धम्कि दिन्छन् रे आफन्तले साथ छोड् भनि !!
जस्ले जे भनोस् हजुरकै हुन्छु भन्छे कालि ...

मैसापले ला'को गुलाबी,चोलिको चर्चा छ रे !!
मैसापले चला'को नजरको,गोलिको चर्चा छ रे
आज त उहाको यस्तो,यौबनको उन्मात छ !!
मैसापको आउने त्यहो,भोलिको चर्चा छ रे
भुतुक्क छन चारैतिर,लठिएका छन मान्छेहरु !!
मैसापको गाउ-बजारमा बोलिको चर्चा छ रे
हिमाल झै उठेका लाजका ति गहनाहरु !!
मैसाप रङले भिजेको होलिको चर्चा छ रे....

दु:ख कति दिन्छस अझै ए साला जिन्दगी !!
जिउन कति लेखेको छ यो झल्ला जिन्दगी
सिमाबिहिन कहिले हासो,कहिले रोदन दिन्छस !!
बुज्नै नसक्ने कस्तो यो तेरो चाला जिन्दगी
घाइते छु जसो-त्यसो बाचेकै थिए म !!
अझै कति मेरो मुटुमा रोप्छस भाला जिन्दगी
दुस्मनहरु हास्न थाले,यो जिन्दगीलाई देखेर !!
चुपचाप लाग्न हौ कति गर्छस हल्ला जिन्दगी

बिहानी अनि दिन त्यही थियो तर,रात फरक रहेछ !!
बोली अनि शब्द त्यही थियो तर,बात फरक रहेछ
हिड्दा-हिड्दै कयौ पटक,लरबराए मेरा पाइलाहरु !!
लड्न लाग्दा थाम्यौ मलाई तर,हात फरक रहेछ
खुशीनै खुशी थियो चारैतिर,उमंग् छाएको थियो !!
दु:खमा डुबीरहेको छु आज तर,खात फरक रहेछ
मिलन भएर आयो,खुसी अनि हासो लिएर आयो !!
पलभरमै बद्लिने जाने माया तर,जात फरक भयो ...

जनता टोक्ने सबै नेताको दात,झारौ जस्तो लाग्छ !!
तेल तताई तातो तेलमा नेता,तारौ जस्तो लाग्छ
देशद्रोही,भस्ट्रचारि,चोर नेताहरु भेला पारी !!
खुलेआम टुडिखेलमा झुन्डाएर,मारौ जस्तो लाग्छ
बिछाएर पासोहरु भस्ट्र,चोर हिंड्ने बाटो भरि !!
माकुरालाई झै गरी,जालमा पारौ जस्तो लाग्छ
बाँकी केही राख्दैनन् होला,हाम्रो देश भोली !!
देशद्रोहीको नजरबाट देश पर,सारौ जस्तो लाग्छ !!!!

चिसो थियो रात,दिनमा ढले पछी आयौ !!
दिनभरिको कामले,शरीर गले पछी आयौ
अन्धकार थियो सबैतिर,मौका सहि थियो !!
उज्यालो भो चारैतिर,बत्ति बले पछी आयौ
शिशिर गयो,हेमन्त गयो,गयो शरद ऋतु !!
बसन्तको हुरिबतास,चले पछी आयौ
मैन होइन,ढुङगा हुँ म,स्पर्स कति दिन्छौ !!
खरानी भई यौवनको रस,जले पछी आयौ ...

उजाडिएका जनताहरुको ति बस्तीहरु हेर !!
पाखा लागेका भनाउदा ति हस्तीहरु हेर
आफुलाई सर्बहारा जनता समान ठान्ने !!
टाउकेहरुले गरेका ति मस्तीहरु हेर
सोझा-सिधा जनताहरु कति बेला लुटिन्छ !!
चोर नेतालाई गरेका ति गस्तीहरु हेर
अभाबमै गुज्रिएको छ जिबन स्तर यहाँ !!
जनताहरुले भोगेका ति सास्तीहरु हेर...

तिम्रो माया मुटु भित्र,बोकेर मर्दैछु !!
दिन-रात जाड-रक्सि,धोकेर मर्दैछु
बिरामी छु दबाइ-पानी छैन खुवाउने कोही !!
बिछौनामा तिम्रै नाम लिई,खोकेर मर्दैछु
आसु झार्यौ,खुसी लुट्यौ,पुगेन होला तिमिलाई !!
बाँकी ज्यान नि तिम्रै नाउमा ल्याप्चे,ठोकेर मर्दैछु
सोध्ने छन् साराले यो के भएर मर्न लाग्यो
अन्तिम सास जानु अघी तिम्रै नाम,तोकेर मर्दैछु !!

टयार-पुत्ला बल्छ अरे बिच सडकमा !!
मनिसको लास जल्छ अरे बिच सडकमा
सदभाब र भाईचारा हराई सक्यो यहाँ !!
उचाल्ने र पछार्ने चल्छ अरे बिच सडकमा
मानिसहरु बिक्छन् यहाँ ढुङ्गा-मुडा गर्न !!
पैसा पनि फल्छ अरे बिच सडकमा
अघि बढे खुट्टा तान्ने,यस्तै सस्कार यहाँ !!
महिना-महिनामा सरकार ढल्छ अरे बिच सडकमा ..
प्रतिकृयाहरु
2 hours 1 min ago
2 hours 1 min ago
2 hours 3 min ago
15 hours 48 min ago
1 day 11 min ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago